साफ यु–२० च्याम्पियनसिप : नेपाल सहज समूहमा

फाइल तस्बिर
काठमाडौं। नेपाल साफ यु–२० च्याम्पियनसिपमा सहज समूहमा परेको छ।
दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले आइतबार गरेको समूह विभाजनमा गरेको हो। नेपाल रहेको समूह ‘ए’मा माल्दिभ्स, भुटान र श्रीलंका छन्।
अर्को समूहमा साबिक विजेता भारतसँग उपविजेता बंगलादेश तथा र पाकिस्तान छन्।
प्रतियोगितामा माल्दिभ्समा हुने तय छ। नेपाल सुरुआती दुई संस्करणको विजेता टोली हो।
नेपालले २०१५ र २०१७ मा भारत र बंगलादेशलाई हराउँदै उपाधि जितेको थियो। सन् २०२४ को फाइनलमा बंगलादेशसँग घरेलु मैदानमा ४–१ ले पराजित हुँदा नेपाल उपविजेता बनेको थियो।
भुटानले दुई र माल्दिभ्सले एकपल्ट तेस्रो स्थान हात पारेका छन्। श्रीलंकाले भने समूह चरण पार्न गर्न सकेको छैन।
भारतले सर्वाधिक चारपल्ट उपाधि जितेको छ। बंगलादेशले एकपल्ट उपाधि उचाल्दा चारपल्ट उपविजेतामा सीमित भएको छ। पाकिस्तान भने पहिलोपल्ट समूह चरण पार गर्ने लक्ष्यमा छ।






-1769342021407.jpeg&w=3840&q=75)






