एनआरटीको लगातार दोस्रो जित
बिहिबार, ०८ माघ २०८२खेलपाटी संवाददाता

काठमाडौं। न्युरोड टिम (एनआरटी)ले राष्ट्रिय लिगमा लगातार दोस्रो जित निकालेको छ।
सादोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीहार सम्पन्न खेलमा काँक्रेविहार क्लबलाई २–० ले पराजित गरेको हो। जितसँगै एनआरटीले तीन खेलबाट ६ अंक पुर्याएको छ। समान खेल खेलेको काँक्रेविहार अंकविहीन छ।
खेलको दोस्रो मिनेटमा एनआरटीका तिमोथी चिमेरी ओकेरेकेले अग्रता दिलाएका थिए। २८औं मिनेटमा एनआरटीका विवेक गुरुङको पासमा राजीव लोप्चनले पेनाल्टी बक्स भित्रबाट गरेको प्रहार गोलपोस्टको दायाँतर्फ हुँदै बाहिरिएको थियो।
३५औं मिनेटमा रन्दीप पौडेलले गोल गर्दै एनआरटीको अग्रता दोब्बर बनाए। त्यस्तै, ७३औं मिनेटमा एनआरटीका राजीवले पेनाल्टी बक्स भित्रबाट प्रहार गरेको बल काँक्रेविहारका गोलकिपर तिलक खड्काले गोल हुनबाट बचाए।





-1774856466345.webp&w=3840&q=75)

-1774839033537.webp&w=3840&q=75)





