बुधबार, ०७ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

प्लेअफतिर धकेलिँदै लिभरपुल र बार्सिलोना

बुधबार, ०७ माघ २०८२खेलपाटी संवाददाता
प्लेअफतिर धकेलिँदै लिभरपुल र बार्सिलोना
mustang rice ad

काठमाडौं। च्याम्पियन्स लिगको समूह चरणका खेल अन्त्यतर्फ जाँदैगर्दा इङ्ल्यान्ड र स्पेनका च्याम्पियन लिभरपुल र बार्सिलोना स्वतः राउन्ड अफ १६ मा पुग्न संघर्षरत देखिएका छन्।

दुई खेल मात्र बाँकी रहँदा दुवै टोली शीर्ष आठबाट बाहिर रहेका छन्। शीर्ष आठमा पर्ने टोलीहरू सिधै राउन्ड अफ १६ मा प्रवेश गर्नेछन्।

नवौंदेखि २४औं स्थानसम्मका टोलीले दुई खेलको प्लेअफ खेल्नुपर्नेछ। गत सिजन लिभरपुल लिग चरणको शीर्ष स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको थियो।

त्यहाँ अन्ततः उपाधि जित्ने पेरिस सेन्ट–जर्मेन (पीएसजी)सँग भिड्नुपरेको थियो। यसपटक प्रशिक्षक आर्ने स्लोटको टोली फरक बाटोमा छ। टोलीले प्लेअफ खेल्नुपर्ने सम्भावना बलियो देखिन्छ। लिभरपुल बुधबार मार्सेइको मैदानमा खेल्दैछ।

अफ्रिका कप अफ नेसन्सबाट फर्किन लागेका मोहम्मद सलाहको पुनरागमनले टोलीलाई राहत दिन सक्छ। सलाह गत महिना राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्न गएका थिए। त्यसअघि प्रशिक्षक स्लोटसँगको विवादपछि उनको भविष्यबारे प्रश्न उठेको थियो।

खेल्न समय नपाएको विषयमा असन्तुष्टि जनाउँदै सलाहले दिएको अन्तर्वार्ताले धेरै चर्चा पाएको थियो। अहिले लिभरपुललाई थप आक्रमण क्षमताको खाँचो छ। क्लबमा कीर्तिमानी रकममा भित्रिएका अलेक्जान्डर इसाक घाइते छन् भने हुगो एकिटिके हालसालै मात्र मैदान फर्किएका छन्।

उता, बार्सिलोना पनि दबाबमा छ। गत सिजन लिग चरणमा उपविजेता बनेको बार्सिलोना सेमिफाइनलसम्म पुगेको थियो। तर, इन्टर मिलानसँग पराजित भएको थियो। यसपटक भने टोली पछि परेको छ। अब स्लाभिया प्रागको मैदानमा कठिन ‘अवे’ खेल खेल्दैछ।

चेल्सीका नयाँ प्रशिक्षक लियाम रोजेनियरले पाफोसविरुद्ध घरेलु मैदानमा आफ्नो पहिलो च्याम्पियन्स लिग खेलमा टोलीको नेतृत्व गर्नेछन्। उनले क्लब विश्वकप विजेता प्रशिक्षक एन्जो मारेस्काको स्थान लिएका हुन्।

रोजेनियर यसअघि चेल्सीको सिस्टर क्लब स्ट्रासबर्गलाई तेस्रो तहको कन्फ्रेन्स लिगको शीर्ष स्थानमा पुर्‍याउन सफल भएका थिए। यसैबीच, यस सिजनका उपाधि दाबेदारमध्ये एक बायर्न म्युनिखले युनियन सेन्ट–जिलोइजको सामना गर्नेछ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

टेर स्टेगन १२ वर्षपछि बार्सिलोनाबाहिर

टेर स्टेगन १२ वर्षपछि बार्सिलोनाबाहिर

लय समात्दै जिसस

लय समात्दै जिसस

रियलको गोलको वर्षा

रियलको गोलको वर्षा

Bajaj Pulsar Motorcycle Ad
प्लेअफतिर धकेलिँदै लिभरपुल र बार्सिलोना

प्लेअफतिर धकेलिँदै लिभरपुल र बार्सिलोना

टेर स्टेगन १२ वर्षपछि बार्सिलोनाबाहिर

टेर स्टेगन १२ वर्षपछि बार्सिलोनाबाहिर

लय समात्दै जिसस

लय समात्दै जिसस

रियलको गोलको वर्षा

रियलको गोलको वर्षा

साफ यू–१९ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा

साफ यू–१९ महिला च्याम्पियनसिप खेल्ने नेपाली टोली घोषणा

एन्फाको भ्याकेट निवेदन दर्ता गर्न अस्वीकार

एन्फाको भ्याकेट निवेदन दर्ता गर्न अस्वीकार

एन्फा निर्वाचन स्थगित

एन्फा निर्वाचन स्थगित

प्लानिङ ब्वाइजसँग रोकियो आर्मी

प्लानिङ ब्वाइजसँग रोकियो आर्मी