प्लेअफतिर धकेलिँदै लिभरपुल र बार्सिलोना
-1768984080973.webp&w=3840&q=75)
काठमाडौं। च्याम्पियन्स लिगको समूह चरणका खेल अन्त्यतर्फ जाँदैगर्दा इङ्ल्यान्ड र स्पेनका च्याम्पियन लिभरपुल र बार्सिलोना स्वतः राउन्ड अफ १६ मा पुग्न संघर्षरत देखिएका छन्।
दुई खेल मात्र बाँकी रहँदा दुवै टोली शीर्ष आठबाट बाहिर रहेका छन्। शीर्ष आठमा पर्ने टोलीहरू सिधै राउन्ड अफ १६ मा प्रवेश गर्नेछन्।
नवौंदेखि २४औं स्थानसम्मका टोलीले दुई खेलको प्लेअफ खेल्नुपर्नेछ। गत सिजन लिभरपुल लिग चरणको शीर्ष स्थानमा रहेर अन्तिम १६ मा प्रवेश गरेको थियो।
त्यहाँ अन्ततः उपाधि जित्ने पेरिस सेन्ट–जर्मेन (पीएसजी)सँग भिड्नुपरेको थियो। यसपटक प्रशिक्षक आर्ने स्लोटको टोली फरक बाटोमा छ। टोलीले प्लेअफ खेल्नुपर्ने सम्भावना बलियो देखिन्छ। लिभरपुल बुधबार मार्सेइको मैदानमा खेल्दैछ।
अफ्रिका कप अफ नेसन्सबाट फर्किन लागेका मोहम्मद सलाहको पुनरागमनले टोलीलाई राहत दिन सक्छ। सलाह गत महिना राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्न गएका थिए। त्यसअघि प्रशिक्षक स्लोटसँगको विवादपछि उनको भविष्यबारे प्रश्न उठेको थियो।
खेल्न समय नपाएको विषयमा असन्तुष्टि जनाउँदै सलाहले दिएको अन्तर्वार्ताले धेरै चर्चा पाएको थियो। अहिले लिभरपुललाई थप आक्रमण क्षमताको खाँचो छ। क्लबमा कीर्तिमानी रकममा भित्रिएका अलेक्जान्डर इसाक घाइते छन् भने हुगो एकिटिके हालसालै मात्र मैदान फर्किएका छन्।
उता, बार्सिलोना पनि दबाबमा छ। गत सिजन लिग चरणमा उपविजेता बनेको बार्सिलोना सेमिफाइनलसम्म पुगेको थियो। तर, इन्टर मिलानसँग पराजित भएको थियो। यसपटक भने टोली पछि परेको छ। अब स्लाभिया प्रागको मैदानमा कठिन ‘अवे’ खेल खेल्दैछ।
चेल्सीका नयाँ प्रशिक्षक लियाम रोजेनियरले पाफोसविरुद्ध घरेलु मैदानमा आफ्नो पहिलो च्याम्पियन्स लिग खेलमा टोलीको नेतृत्व गर्नेछन्। उनले क्लब विश्वकप विजेता प्रशिक्षक एन्जो मारेस्काको स्थान लिएका हुन्।
रोजेनियर यसअघि चेल्सीको सिस्टर क्लब स्ट्रासबर्गलाई तेस्रो तहको कन्फ्रेन्स लिगको शीर्ष स्थानमा पुर्याउन सफल भएका थिए। यसैबीच, यस सिजनका उपाधि दाबेदारमध्ये एक बायर्न म्युनिखले युनियन सेन्ट–जिलोइजको सामना गर्नेछ।





-1774856466345.webp&w=3840&q=75)

-1774839033537.webp&w=3840&q=75)





