एन्फाको भ्याकेट निवेदन दर्ता गर्न अस्वीकार

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) भ्याकेट निवेदन लिएर अदालत पुगेको छ। निर्वाचन रोक्न उच्च अदालत पाटनले दिएको आदेशविरुद्ध भ्याकेट निवेदन लिएर एन्फा मंगलबार अदालत पुगेको हो।
गोरखाका अमित खत्रीले विधानविपरीत हुन लागेको एन्फा निर्वाचन रोक्न माग गर्दै दायर गरेको रिटमाथि सुनुवाइ गर्दै अदालतले दुवै पक्षलाई छलफलमा बोलाएर निर्वाचनसम्बन्धी कुनै पनि कार्य अघि नबढाउन अन्तरिम आदेश दिएको थियो।
तर, अदालतको आदेशविपरीत एन्फाले निर्वाचन तालिका सार्वजनिक गर्नेदेखि मनोनयन दर्ता प्रक्रियासमेत सम्पन्न गरिसकेको छ। अदालतको आदेश अनुसार मंगलबार एन्फा पक्ष भ्याकेट निवेदन लिएर पुगेको थियो। तर, अदालतले पहिला लिखित जवाफ पेश गर्न भन्दै भ्याकेट निवेदन दर्ता गरेन।
लिखित जवाफ पेश गरेपछि मात्र निवेदन दर्ता हुन्छ भनेर अदालतले एन्फा पक्षलाई फिर्ता पठाइएदिएको छ। अदालतलेदुवै पक्षलाई माघ ११ गते छलफलमा बोलाएको छ।
अदालतले भ्याकेट निवेदन लिन अस्वीकार गरेपछि एन्फाले मंगलबारका लागि तय गरेको ‘बी’ डिभिजन लिगको निर्वाचनलाई रोकेको छ। एन्फाले प्राविधिक कारण देखाउँदै निर्वाचन स्थगितको जानकारी ‘बी’ डिभिजनका क्लबहरूलाई पठाएको छ।
अदालतको आदेशविपरीत निर्वाचन प्रकृया अघि बढाएपछि उच्च अदालतले गत आइतबार पुन: अन्तरिम आदेश जारी गर्दै निर्वाचन रोक्न भनेको थियो। तर, एन्फाको वर्तमान नेतृत्व अदालतको आदेश, सरकारको निर्देशनलाई उल्लंघन गर्दै माघ २८ गते झापामा निर्वाचन सम्पन्न गर्ने गरी अघि बढेको छ।







-1768908116031.jpeg&w=3840&q=75)



-1768897962219.jpg&w=3840&q=75)
-1768893498186.jpeg&w=3840&q=75)