संकटाको प्रभावशाली जित
आइतबार, ०४ माघ २०८२खेलपाटी संवाददाता
-1768722799188.jpeg&w=3840&q=75)
काठमाडौं। संकटा फुटबल क्लबले राष्ट्रिय लिगमा पहिलो जित दर्ता गरेको छ।
च्यासल स्टेडियममा आइतबार सम्पन्न खेलमा संकटाले काँक्रेविहार क्लबमाथि ४–० को प्रभावशाली जित निकालेको हो।
जितसँगै संकटाले २ खेलबाट ४ अंक पुर्याएको छ। काँक्रेविहारको भने योलगातार दोस्रो हार हो।
संकटाको जितम अनिस महर्जन,कृष्णबहादुर आले, विशाल तामाङ र वेन्डपाङ्गा गिल्बर्ट बिल्गोले समान १ गोल गरे।
खेलको १४औं मिनेटै अनिशको गोलमार्फत संकटाले सुरुआती अग्रता लिएको थियो।
पहिलो हाफको इन्ज्युरी समयको चौथो मिनेटमा कृष्णले अग्रता दोब्बर बनाए।
५४औं मिनेटमा विशाल र ७४औं मिनेटमा बिल्गोले गोल गर्दै संकटाको जित पक्का गरे।











-1768716682337.jpeg&w=3840&q=75)
-1768712042305.jpeg&w=3840&q=75)

