लालिगुराँस एसोसिएसनलाई पोखरा एभेन्जर्सको साथ

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) द्वारा आयोजित राष्ट्रिय लिग फुटबलमा मोफसलबाट प्रतिनिधित्व गर्न लागेको लालिगुराँस एसोसिएसनलाई पोखरा एभेन्जर्सले साथ दिएको छ ।
एन्फाको आयोजनामा यही पुस ३० गतेदेखि सुरु हुने राष्ट्रिय लिगमा कूल १७ क्लब सहभागि छन् । जसमा कास्की जिल्लाको लालिगुराँस एसोसिएसनसँगै मोफसलका तीन क्लब छन् ।
लालिगुराँससँगै चार क्लब एन्फा प्रेसिडेन्ट लिगको शीर्ष चारमा रहँदै राष्ट्रिय लिगका लागि छनोट भएको हो ।
लालिगुराँसले प्रेसिडेन्ट कपको च्याम्पियनको हैसियतमा राष्ट्रिय लिग खेल्दैछ । पहिलो पटक राष्ट्रिय लिगका सहभागि हुन लागेको लालिगुराँस उत्साहित छ ।
पोखरा एभेन्जर्स र लालिगुरासँ दुवै एकै क्षेत्रको क्लब भएकोले फरक खेल भएपनि सहकार्य गरेको हो ।
पोखरा एभेन्जर्स नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली हो । पोखराले एनपीएलको पहिलो र दोस्रो दुवै संस्करणमा बलियो उपस्थिती जनाएको थियो ।
एनपीएल क्रिकेटमा समग्र गण्डकी प्रदेशकै प्रतिनिधित्व गर्दै ग्रासरुट देखि नै क्रिकेटको विकासमा लागेको पोखरा एभेन्जर्सले फुटबल खेलको अर्को क्लब लालिगुराँस एसोसिएसनलाई पनि सहयोग गर्न लागेको हो ।
लालिगुराँस एसोसिएसनले राष्ट्रिय लिगमा आफ्नो पहिलो खेल माघ १ गते ललितपुरको ए डिभिजन क्लब जावलाखेल युथ क्लब विरुद्ध खेल्दैछ ।






-1768375783661.jpeg&w=3840&q=75)




-1768392748211.jpeg&w=3840&q=75)


