बिहिबार, २४ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

आईसीसीले बंगलादेशलाई भन्यो– विश्वकप खेल्न भारत नै जाऊ, नगए अंक काट्छौं

बुधबार, २३ पौष २०८२खेलपाटी संवाददाता
आईसीसीले बंगलादेशलाई भन्यो– विश्वकप खेल्न भारत नै जाऊ, नगए अंक काट्छौं
mustang rice ad

काठमाडौं। बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले टी–२० विश्वकप खेल्न भारत नजाने निर्णय गरेपछि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले वैकल्पिक भेन्यूको अनुरोध अस्वीकार गरेको दाबी गरिएको छ।

ईएसपीएन क्रिकइन्फोका अनुसार मंगलबार (६ जनवरी) भएको भर्चुअल बैठकमा आईसीसीले सुरक्षा कारण देखाउँदै भारतबाहिर बंगलादेशका खेल सार्ने प्रस्ताव मान्य नहुने स्पष्ट पारेको हो।

उक्त रिपोर्टमा भनिएअनुसार आईसीसीले बीसीबीलाई विश्वकप खेल्न भारत आउनै पर्ने, अन्यथा खेल नखेलेको मान्दै बंगलादेशलाई शून्य अंक दिने चेतावनी दिएको छ। त्यस अवस्थामा तालिकाअनुसारका प्रतिद्वन्द्वी टोलीले ती खेलमा पूर्ण दुई अंक पाउनेछन्।

यद्यपि, बीसीबीले यस्तो कुनै चेतावनी प्राप्त नभएको दाबी गरेको छ। बोर्डका अनुसार आईसीसीबाट औपचारिक रूपमा कुनै धम्की वा सन्देश आएको छैन।

मंगलबारको बैठकपछि अहिलेसम्म आईसीसी, बीसीबी वा भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) कुनै पक्षले पनि औपचारिक विज्ञप्ति जारी गरेका छैनन्। आइतबार बीसीबीले भारतबाहिर बंगलादेशका खेल आयोजना गर्ने विषय ‘विचार गर्न’ अनुरोध गर्दै आईसीसीलाई पत्र पठाएको थियो।

त्यसपछि नै आईसीसीले उक्त बैठकको आयोजना गरेको हो। टी–२० विश्वकप सुरु हुन अझै करिब एक महिना बाँकी छ। २० टोली सहभागी रहने प्रतियोगिता फेब्रुअरी ७ बाट सुरु भई मार्च ८ मा सकिनेछ।

भारत र श्रीलंकाको संयुक्त आयोजनामा हुने यस प्रतियोगितामा बंगलादेश ‘ग्रुप सी’ मा परेको छ। तालिकाअनुसार बंगलादेशले फेब्रुअरी ७, ९ र १४ मा क्रमशः वेस्ट इन्डिज, इटाली र इंग्ल्यान्डसँग कोलकाताको इडेन गार्डेन्समा खेल्नेछ। समूह चरणको अन्तिम खेल फेब्रुअरी १७ मा मुम्बईमा नेपालसँग हुनेछ।

मोस्ताफिजुर रहमानसम्बन्धी विवादपछि बीसीबीले आईसीसीलाई पत्र लेखेको हो। बीसीसीआईले उग्रपन्थीहरूको दबाबमा परेर मोस्ताफिजलाई आईपीएलबाट हटाएको आरोप लागेपछि सुरक्षा सम्बन्धी प्रश्न उठेको थियो।

एक जना बंगलादेशी खेलाडीको सुरक्षा दिन नसक्ने पक्षले सम्पूर्ण टोलीलाई कसरी सुरक्षा दिन्छ भन्ने शंका बीसीबीले उठाएको थियो। यद्यपि, बीसीसीआईले सुरक्षा वा उग्रपन्थीको दबाबको विषय खुलाएर नबताई ‘हालैको परिस्थिती’ को उल्लेख गर्दै कोलकाता नाइट राइडर्सलाई मोस्ताफिजलाई रिलिज गर्न निर्देशन दिएको थियो।

गत डिसेम्बरको आईपीएल अक्सनमा ९ करोड २० लाख भारुमा किनिएका मोस्ताफिज २०२६ सिजनका एकमात्र बंगलादेशी खेलाडी थिए। बीसीसीआईका सचिव देवजित साइकियाले मोस्ताफिजलाई रिलिज गर्न निर्देशन दिएको पुष्टि गरे पनि यसको स्पष्ट कारण सार्वजनिक गरेका छैनन्।

भारतीय सञ्चारमाध्यमका अनुसार यस विषयमा आईपीएल गभर्निङ काउन्सिलको बैठकसमेत बसेको थिएन। त्यसैले उक्त निर्णयमा सचिवबाहेक अरू को–को संलग्न थिए भन्ने प्रश्न पनि उठिरहेको छ।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्वकप खेल्ने क्रिकेट टिमको घोषणा

विश्वकप खेल्ने क्रिकेट टिमको घोषणा

नेयमारलाई सन्न्यास लिने सोच आएको थियो !

नेयमारलाई सन्न्यास लिने सोच आएको थियो !

आईसीसी टी–२० विश्वकपको ट्रफी नेपालमा

आईसीसी टी–२० विश्वकपको ट्रफी नेपालमा

Bajaj Pulsar Motorcycle Ad
 राफिन्हाको दुई गोलसँगै बार्सिलोना फाइनलमा

राफिन्हाको दुई गोलसँगै बार्सिलोना फाइनलमा

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

दीपेन्द्र र एरिका सर्वोत्कृष्ट, सुनारी लोकप्रिय

विभागीय डर्बीमा पुलिसको सहज जित

विभागीय डर्बीमा पुलिसको सहज जित

राष्ट्रिय यू–१९ महिला टोलीका सहायक प्रशिक्षकमा अनु र राजु

राष्ट्रिय यू–१९ महिला टोलीका सहायक प्रशिक्षकमा अनु र राजु

न्यु डायमन्डले आर्मीलाई सोझो सेटमा हरायो

न्यु डायमन्डले आर्मीलाई सोझो सेटमा हरायो

एन्फा निर्वाचनप्रति असहमति जनाउँदै शाहीसहित सदस्यले नेम्वाङलाई पठाए पत्र

एन्फा निर्वाचनप्रति असहमति जनाउँदै शाहीसहित सदस्यले नेम्वाङलाई पठाए पत्र

साम्बा करिब १ वर्ष मैदानबाहिर रहने

साम्बा करिब १ वर्ष मैदानबाहिर रहने

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो

पल्सर स्पोर्ट्स अवार्ड आज, १० विधाको छिनोफानो