विनोद र शेर टी–२० विश्वकपको क्याम्पमा

काठमाडौं। नेपाल प्रिमियर लिग (एपीएल)मा उत्कृष्ट प्रदर्शन गरेका विनोद भण्डारी र शेर मल्ललाई आइसीसी टी–२० विश्वकप तयारीको क्याम्पमा बोलाएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले आइतबार यी दुईसहित २४ खेलाडी बोलाइएको हो।
विनोदले एनपीएपलमा दुई अर्धशतकसहित २६४ रन बनाएका थिए। शेरले भने लुम्बिनी लायन्सलाई च्याम्पियन बनाउन १७ विकेट लिएका थिए।
उनीसँगै १७ विकेट लिएका अविनाश बोहरालाई पनि क्याम्पमा बोलाइएको छ।
क्याम्प सोमबारदेखि सुरु हुनेछ। विश्वकप आगामी फेब्रुअरी र मार्चमा भारत र श्रीलंकाले संयुक्त रूपमा आयोजना गर्दैछन्। नेपाल रहेको टोलीमा समान दुईपल्टको विजेता इङ्ल्यान्ड र वेस्ट इन्डिजसँगै बंगलादेश र इटाली छन्।
क्याम्पमा बोलाइएको खेलाडी:
रोहित पौडेल, कुशल भुर्तेल, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, नन्दन यादव, सन्दीप लामिछाने, आरिफ सेख, आदिल अन्सारी, शेर मल्ल, भीम सार्की, विनोद भण्डारी, अविनाश बोहरा, आसिफ सेख, कुशल मल्ल, गुलशनकुमार झा, सोमपाल कामी, ललित राजवंशी, लोकेश बम, करण केसी, साहब आलम, इशान पाण्डे, बसिर अहमद, प्रतीश जिसी र रुपेशकुमार सिंह





-1770898265562.jpg&w=3840&q=75)



-1770894249103.jpeg&w=3840&q=75)


-1770830065585.jpeg&w=3840&q=75)