क्रिकेटकाे जर्सी मात्र भाटभटेनीकाे स्टाेरमा

काठमाडौं। नेपाली राष्ट्रिय क्रिकेट टोलीको जर्सी अब भाटभटेनी सुपरमार्केटका स्टोरहरूमा उपलब्ध हुने भएको छ।
क्रिकेट समर्थकहरूका लागि लक्षित गर्दै बजारमा ल्याइएको यो जर्सीको सुरुआती मूल्य ११ सय ९९ रुपैयाँ तोकिएको छ।
नेपालको संघर्षपूर्ण यात्रा र अन्तर्राष्ट्रिय क्रिकेटमा स्थापित पहिचानलाई प्रतिबिम्बित गर्ने उद्देश्यसहित यो जर्सी डिजाइन गरिएको हो। जर्सीमा रातो, निलो र सेतो रंगको संयोजन गरिएको छ।
जर्सीका काँधमा चन्द्र र सूर्य अंकित छन्। यसले खेलाडीहरूले बोकेको राष्ट्रको गौरव र जिम्मेवारीलाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्छ। जर्सीको बीच भागमा रहेको ‘नेपाल’ शब्दले देशभरका क्रिकेटप्रेमीको भावना र उत्साह झल्काउने छ।
टी–१० ब्रान्डको अत्याधुनिक ‘एक्टिविक टेक्नोलोजी’ प्रयोग गरी तयार गरिएको यो जर्सी खेलाडी तथा समर्थक दुवैका लागि सहज, टिकाउ र आकर्षक रहेको जनाइएको छ। कम्पनीका अनुसार यो जर्सी लगाउने पहिरन मात्र नभई नेपाली क्रिकेटप्रतिको गर्व र आत्मीयताको अनुभूति पनि हो।
नेपाली राष्ट्रिय क्रिकेट टोलीप्रतिको बढ्दो लोकप्रियतासँगै जर्सीको माग उच्च रहने अपेक्षा गरिएको छ।








-1754044149.jpg&w=3840&q=75)




