नापोली इटालियन सुपर कपको फाइनलमा
-1766108754902.webp&w=3840&q=75)
काठमाडौं। रास्मुस होइलुन्डको उत्कृष्ट प्रदर्शनमा डिफेन्डिङ सिरी ‘ए’ च्याम्पियन नापोलीले एसी मिलानलाई २–० ले पराजित गर्दै बिहीबार इटालियन सुपर कपको फाइनलमा स्थान बनाएको छ।
म्यानचेस्टर युनाइटेडका पूर्वखेलाडी होइलुन्डले एक गोलमा असिस्ट गरे भने अर्को गोल आफैंले गर्दै नापोलीलाई सोमबार हुने फाइनलमा पुर्याए। फाइनलमा नापोलीले शुक्रबार हुने इटालियन कप विजेता बोलोन्या र सिरी ‘ए’ उपविजेता इन्टर मिलानबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।
साउदी अरेबियामा आयोजना भइरहेको इटालियन सुपर कपमा गत सिजनको सिरी ‘ए’ र इटालियन कपका विजेता तथा उपविजेताहरू सहभागी हुन्छन्। मिलान भने इटालियन कप फाइनलमा बोलोन्यासँग पराजित भएको थियो।
गत सिजन इटालियन सुपर कप जितेको मिलान (रोस्सोनेरी) ले यस खेलमा पछाडिको भागमा अरबी अक्षरमा नाम लेखिएको विशेष जर्सी लगाएको थियो।
दुवै टोली धेरै चोटका समस्यासँग जुधिरहेका थिए। तर, नापोलीले अगस्टमा मांसपेशी च्यातिएपछि बाहिर रहेका रोमेलु लुकाकुलाई पहिलोपटक टोलीमा फर्काएको थियो। सम्भावित पेनाल्टीको अवस्थाका लागि समावेश गरिएका लुकाकु बेन्चमै रहे र दुवै गोलमा उत्सव मनाएका थिए।
नापोलीले पहिलो हाफ सकिनुअघि अग्रता लियो। मिलानका गोलकिपर माइक मैन्यानले होइलुन्डको लोअर क्रसलाई औंलाको टुप्पो लगाए पनि बल झन् डेविड नेरेसको बाटोमा पुग्यो, जसलाई उनले ब्याक पोस्टमा सजिलै गोलमा परिणत गरे।
६४औं मिनेटमा होइलुन्डले आफैं गोल गर्दै स्कोर २–० बनाए। लियोनार्डो स्पिनाज्जोलाको थ्रु बलमा उनले एङ्गलबाट प्रहार गर्दै गोल गरेका थिए। स्पिनाज्जोलाले नै पहिलो गोलमा पनि होइलुन्डलाई पास दिएका थिए।







-1766107820742.webp&w=3840&q=75)

-1766026440435.webp&w=3840&q=75)

-1766070495057.jpeg&w=3840&q=75)