चेल्सी र बायर्न च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा
-1766025700542.webp&w=3840&q=75)
काठमाडौं। चेल्सी र बायर्न म्युनिख बुधबार एकैसाथ वुमेन्स च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। युभेन्ट्स र रियल मड्रिड भने प्लेअफ चरणतर्फ अग्रसर भएका छन्।
दुईपटकको च्याम्पियन्स लिग विजेता वोल्फ्सबर्गविरुद्ध लुसी ब्रोन्ज र साम केरको हेडर गोलको मद्दतले चेल्सीले २–१ को जित निकालेको हो।
यस जितसँगै चेल्सी बार्सिलोना र ओएल लियोनेसपछि तेस्रो स्थानमा रह्यो। खेलको सुरुआतमा वोल्फ्सबर्गकी अलेक्जान्ड्रा पोपले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएकी थिइन्।
यो जितसँगै चेल्सी वुमेन्स च्याम्पियन्स लिगमा वोल्फ्सबर्गको मैदानमा जित हासिल गर्ने पहिलो इङ्लिस टोली बनेको छ। यसलाई लुसीले राम्रो रेकर्डका रूपमा वर्णन गरिन्।
साम केरको हेडर गोलसँगै उनी च्याम्पियन्स लिग करिअरमा २० गोल गर्ने चेल्सीकी दोस्रो खेलाडी बनेकी छन्। यो उपलब्धि हासिल गर्ने उनी पहिलो अस्ट्रेलियन खेलाडी पनि बनिन्।
‘आजको खेल साँच्चिकै कठिन थियो,’ ब्रोन्जले भनिन्,‘यो च्याम्पियन्स लिगमा हाम्रो सबैभन्दा कठिन खेलहरूमध्ये एक थियो।’
अर्कोतर्फ, बायर्न म्युनिखले नर्वेको भालेरेङ्गाविरुद्ध ३–० को सहज जित निकाल्दै सिधै क्वार्टरफाइनल स्थान सुरक्षित गर्यो र प्लेअफ चरणबाट बच्न सफल भयो।







-1766026088688.webp&w=3840&q=75)
-1766027225866.webp&w=3840&q=75)
-1766026878436.webp&w=3840&q=75)
-1766025268063.webp&w=3840&q=75)
