बुधबार, २१ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

आइपीएल अक्सनमा ३ अर्ब ४४ करोड ७२ लाख खर्च, ग्रीन सबैभन्दा महँगा खेलाडी

मंगलबार, ०१ पौष २०८२खेलपाटी संवाददाता
आइपीएल अक्सनमा ३ अर्ब ४४ करोड ७२ लाख खर्च, ग्रीन सबैभन्दा महँगा खेलाडी
mustang rice ad

काठमाडौं। इन्डियन प्रिमियर लिग (आइपीएल) २०२६ को मिनी अक्सन मंगलबार अबुधाबीमा सम्पन्न भएको छ।

अक्सनमा १५६ खेलाडीमाथि बोली लाग्यो। १० टोलीले कुल २१५.४५ करोड भारु (३ अर्ब ४४ करोड ७२ लाख रुपैयाँ) खर्च गर्दै ७७ खेलाडी खरिद गरे। तीमध्ये २९ विदेशी र ४८ भारतीय खेलाडी छन्। आइपीएल २०२६ को सुरुआत मार्च २६ बाट हुनेछ।

अस्ट्रेलियाली अलराउन्डर क्यामरन ग्रीन आइपीएल इतिहासकै सबैभन्दा महँगो विदेशी खेलाडी बनेका छन्। उनलाई कोलकाता नाइट राइडर्सले २५ करोड २० लाख भारुमा खरिद गर्‍यो।

यससँगै ग्रीनले आफ्नै देशका मिचेल स्टार्कको रेकर्ड तोडे। उनलाई २०२४ मा सोही टोलीले २४ करोड ७५ लाख भारुमा किनेको थियो। आइपीएल इतिहासका सबैभन्दा महँगो खेलाडीको सूचीमा ऋषभ पन्त २७ करोड भारुसहित पहिलो र श्रेयस अय्यर २६ करोड ७५ लाख भारुसहित दोस्रो स्थानमा छन्।

यद्यपि, कोलकाताले ग्रीनलाई २५ करोड २० लाख भारुमा किनेको थियो। तर, विदेशी खेलाडीका लागि तोकिएको तलब सीमा अनुसार ग्रीनले व्यक्तिगत रूपमा १८ करोड मात्र पाउनेछन्। बाँकी ७ करोड २० लाख बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)को ‘प्लेअर वेलफेयर कोष’मा जानेछ।

बीसीसीआईले गत वर्षदेखि मिनी अक्सनमा विदेशी खेलाडीका लागि १८ करोड भारुको माथिल्लो सीमा तोकेको हो। ताकि अत्यधिक मागका नाममा अनुचित फाइदा नलिइयोस्।

प्रशान्त र कार्तिक सबैभन्दा महँगो ‘अनक्याप्ड’ भारतीय

यस अक्सनमा युवा भारतीय खेलाडीमाथि टोलीहरूले ठूलो भरोसा देखाए। २० वर्षीय प्रशान्त वीर र १९ वर्षीय कार्तिक शर्मालाई १४ करोड २० लाखमा खरिद गरियो।

दुवैलाई चेन्नई सुपर किङ्सले ३० लाखको आधार मूल्यबाट झण्डै ४७ गुणा बढी रकम तिरेर टोलीमा भित्र्याएको हो। चेन्नाईले यी दुई खेलाडीमा मात्र कुल २८ करोड ४० लाख खर्च गरेको छ।

यी दुवै यस सिजनका सबैभन्दा महँगो अनक्याप्ड भारतीय खेलाडी बनेका छन्। प्रशान्त उत्तर प्रदेशका हुन् भने कार्तिक राजस्थानका। यसबाहेक जम्मू–कश्मीरका आकिब नबी डारलाई दिल्ली क्यापिटल्सले ८ करोड ४० लाखमा आफ्नो टोलीमा समावेश गरेको छ।

कोलकाताको पथिराना–मुस्तफिजुरमा ठूलो दाउ

पेसर बलरको सेटमा कोलकाता सबैभन्दा सक्रिय देखियो। उसले श्रीलंकाका मथिशा पथिराना (१८ करोड) र बंगलादेशका मुस्तफिजुर रहमान (९ करोड २० लाख) लाई खरिद गर्‍यो।

स्पिनरहरूतर्फ रवि बिश्नोईलाई राजस्थान रोयल्सले ७ करोड २० लाखमा किनेको छ। त्यस्तै, वेंकटेश अय्यरलाई रोयल च्यालेन्जर्स बैंग्लोरले ७ करोडमा भित्र्यायो।

उल्लेखनीय कुरा के छ भने २०२४ को मेगा अक्सनमा कोलकाताले वेंकटेशका लागि २३ करोड ७५ लाख भारु खर्च गरेको थियो।

कोन्वे, तीक्ष्णा र मुजीब ‘अनसोल्ड’

२०२३ को फाइनलका ‘प्लेयर अफ द म्याच’ डेवोन कोन्वे, श्रीलंकाका मिस्ट्री स्पिनर महीश तीक्ष्णा र अफगानिस्तानका मुजीब उर रहमानप्रति कुनै पनि फ्रेन्चाइजले चासो देखाएन।

उनीहरूको नाम दुई पटक अक्सन पूलमा आए पनि अनसोल्ड नै रहे। यस्तै, अस्ट्रेलियाका जेक फ्रेजर–म्याकगर्क, वेस्ट इन्डिजका अल्जारी जोसेफ र दक्षिण अफ्रिकाका जेराल्ड कोएत्जीलाई पनि कसैले खरिद गरेन।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

जय ट्रफी फागुन ८ देखि

जय ट्रफी फागुन ८ देखि

युवा र अनुभवीको मिश्रणले विश्वकपको दाबेदार अस्ट्रेलिया

युवा र अनुभवीको मिश्रणले विश्वकपको दाबेदार अस्ट्रेलिया

Bajaj Pulsar Motorcycle Ad
बलियासामु निरीह नेपाल

बलियासामु निरीह नेपाल

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

 भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

भारत साफ यु–१९ महिला च्याम्पियनसिपको फाइनलनजिक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

५ खेलपछि काँक्रेविहारलाई पहिलो अंक

 कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

कम्तीमा स्कटल्यान्ड र नेपाललाई हराउने लक्ष्यमा इटाली

जय ट्रफी फागुन ८ देखि

जय ट्रफी फागुन ८ देखि

युवा र अनुभवीको मिश्रणले विश्वकपको दाबेदार अस्ट्रेलिया

युवा र अनुभवीको मिश्रणले विश्वकपको दाबेदार अस्ट्रेलिया

ब्याटिङमा बलियो भारत

ब्याटिङमा बलियो भारत