आइतबार, १८ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

आइपीएलको १९औं संस्करण आगामी २६ मार्चदेखि सुरु हुने

मंगलबार, ०१ पौष २०८२खेलपाटी संवाददाता
आइपीएलको १९औं संस्करण आगामी २६ मार्चदेखि सुरु हुने
mustang rice ad

काठमाडौं। विश्वकै सबैभन्दा लोकप्रिय र महँगो फ्रेन्चाइज क्रिकेट लिग इन्डियन प्रिमियर लिग (आइपीएल) को १९औं संस्करण आगामी २६ मार्चदेखि सुरु हुने भएको छ।

प्रतियोगिता ३१ मेसम्म चल्नेछ। सोमबार राति क्रिकबजले प्रकाशित गरेको रिपोर्टअनुसार बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बीसीसीआई)ले फ्रेन्चाइज टोलीहरूलाई यस समयतालिकाबारे जानकारी गराइसकेको छ।

२६ मार्चमा सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा डिफेन्डिङ च्याम्पियन रोयल च्यालेन्जर्स बैंग्लोर (आरसीबी) मैदानमा उत्रनेछ। तर, आरसीबीले आफ्नो घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा खेल्न पाउने नपाउने अझै निश्चित छैन।

केही महिनाअघि आरसीबीले पहिलो आइपीएल उपाधि जितको उत्सवका क्रममा बैंग्लोरमा भएको भयावह भगदौडमा ज्यान गएको घटनाका कारण सो स्टेडियममा खेल आयोजना गर्ने विषयमा प्रश्न उठेको हो।

यद्यपि, कर्नाटक स्टेट क्रिकेट एसोसिएसन (केएससीए) ले राज्य सरकारबाट सर्तसहित अनुमति पाइसकेको छ। तर, तोकिएका सुरक्षा तथा संरक्षा मापदण्ड पूरा भएमा मात्र त्यहाँ आइपीएलका खेल आयोजना गर्न पाइनेछ।

यसैबीच, बीसीसीआईले सोमबार राति २०२६ आइपीएल अक्सनको अघिल्लो दिन खेलाडी सूचीमा अन्तिम समयमा थप १९ खेलाडी समावेश गर्दै प्लेअर पुल अन्तिम रूप दिएको छ। नयाँ समावेश गरिएका खेलाडीहरूमा बंगालका ओपनर अभिमन्यु ईश्वरन, न्युजिल्यान्डका बेन सियर्स र दक्षिण अफ्रिकाका इथान बोश रहेका छन्।

मंगलबार अबुधाबीको इत्तिहाद एरेनामा हुने आईपीएल २०२६ अक्सनलाई लिएर क्यामरन ग्रिन, लियाम लिभिङस्टोन र रवि बिश्नोईप्रति विशेष चासो रहनेछ। लगातार तेस्रो पटक भारतबाहिर आएपीएल अक्सन आयोजना हुन लागेको हो। यसअघि दुबई (२०२४) र जेद्दाह (२०२५) मा अक्सन भएको थियो।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पाकिस्तानले विश्वकपमा भारतविरुद्धको खेल बहिष्कार गर्ने

पाकिस्तानले विश्वकपमा भारतविरुद्धको खेल बहिष्कार गर्ने

कमिन्स टी–२० विश्वकपबाट बाहिर

कमिन्स टी–२० विश्वकपबाट बाहिर

पूजाको काँधमा कप्तानी जिम्मेवारी

पूजाको काँधमा कप्तानी जिम्मेवारी

Bajaj Pulsar Motorcycle Ad
पाकिस्तानले विश्वकपमा भारतविरुद्धको खेल बहिष्कार गर्ने

पाकिस्तानले विश्वकपमा भारतविरुद्धको खेल बहिष्कार गर्ने

कमिन्स टी–२० विश्वकपबाट बाहिर

कमिन्स टी–२० विश्वकपबाट बाहिर

आर्मी चौथो स्थानमा

आर्मी चौथो स्थानमा

आहा रारा गोल्डकप 'फल्डलाईट'मा खेलाइने

आहा रारा गोल्डकप 'फल्डलाईट'मा खेलाइने

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

खेलकुदको प्रवर्द्धक एक्सट्रिम एनर्जी अन्तर्राष्ट्रिय बजारमा

गण्डकी प्रदेश टाईगर कपको च्याम्पियन

गण्डकी प्रदेश टाईगर कपको च्याम्पियन

पूजाको काँधमा कप्तानी जिम्मेवारी

पूजाको काँधमा कप्तानी जिम्मेवारी

टाईगर कपमा पर्वत जिल्ला तेस्रो

टाईगर कपमा पर्वत जिल्ला तेस्रो