फर्किए सलाह

काठमाडौं। लिभरपुलका फरवार्ड मोहमद सलाहको ‘रिह्याब’को पहिलो चरण पूरा भएको छ।
इजिप्टियन स्टार ब्राइटनविरुद्धको प्रिमियर लिग खेलमा २–० को जितमा टिममा फर्किए। उनी २६औं मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका हुन्।
अब सलाह अफ्रिका कप अफ नेसन्सका लागि स्वदेश फिर्ता हुँदैछन्। प्रतियोगिताबाट फर्किएपछि एनफिल्डमा उनको भविष्य कस्तो हुनेछ? भन्ने प्रश्न भने यथावत छ।
गत साता लिभरपुलमा आफ्नो अवस्थाप्रति असन्तुष्टि सार्वजनिक रूपमा व्यक्त गरेका सालाहले ब्राइटनविरुद्ध ठूलो समर्थन पाए। मैदान प्रवेश गर्दा दर्शकहरूले जोडदार ताली बजाए।
उनले ह्युगो एकिटिकेको दोस्रो गोलमा असिस्ट दिए। योसँगै डिफेन्डिङ च्याम्पियन लिभरपुल छैटौं स्थानमा पुगेक छ र सबै प्रतियोगितामा अपराजित यात्रा पाँच खेलसम्म बढाएको छ।
लिभरपुलका प्रशिक्षक आर्ने स्लोटले सलाहको अवस्थाबारे भने,‘मेरो लागि समाधान गर्नुपर्ने कुनै समस्या छैन।’











-1765627825694.jpeg&w=3840&q=75)



