लुम्बिनीलाई काठमान्डुसँग बदला लिने मौका
बुधबार, २४ मंसिर २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल)मा बुधबार इलिमिनेटरमा काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स भिड्दैछन्।
कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा यी दुईबीचको खेल अपराह्न ४:०० बजे सुरु हुनेछ। काठमान्डु तेस्रो र लुम्बिनी चौथो स्थानमा रहेर इलिमिनेटरमा पुगेका हुन्।
लिग चरणको खेलमा काठमान्डुले लुम्बिनीलाई २२ रनले हराएको थियो। यो हारको बदला लिने मौका यसपल्ट लुम्बिनीलाई मिलेको छ। यो खेल जित्ने टोलीले क्वालिफायर २ मा विराटनगर किङ्ससँग बिहीबार खेल्नेछ।
विराटनगर क्वालिफायर १ मा सुदूरपश्चिम रोयल्ससँग ७८ रनले पराजित भएको थियो।






-1765288879802.jpeg&w=3840&q=75)





-1765245125273.webp&w=3840&q=75)
