बदला लिँदै फाइनलमा सुदूरपश्चिम
मंगलबार, २३ मंसिर २०८२खेलपाटी संवाददाता
-1765288879802.jpeg&w=3840&q=75)
काठमाडौं। विराटनगर किंग्ससँग बदला लिँदै सुदूरपश्चिम रोयल्स लगातार दोस्रो पटक नेपाल प्रिमियर लिग (एनपीएल)को फाइनलमा प्रवेश गरेको छ।
मंगलबार सम्पन्न क्वालिफायर १ मा सुदूरले विराटनगरलाई ७७ रनले पराजित गरेको हो। १५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४.१ ओभरमा सबै विकेट गुमाउँदै ७८ रनमै समेटियो। लिग चरणमा विराटनगरले सुदूरलाई ६ विकेटले पराजित गर्दै लगातार ६ खेलको अपराजित यात्रामा ब्रेक लगाएको थियो।
योसँगै सुदूरले उपाधिका लागि क्वालिफायर २ को विजेतासँग खेल्नेछ। सुदूर पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो। विराटनगरले भने लुम्बिनी लायन्स र काठमान्डु गोर्खाजबीचको इलिमिनेटरको विजेतासँग खेल्नेछ।










-1765245125273.webp&w=3840&q=75)


