फाइनल पुग्न सुदूरपश्चिम र विराटनगर भिड्दै
मंगलबार, २३ मंसिर २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो क्वालिफायरमा मंगलबार सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्स प्रतिस्पर्धा गर्दैछन्।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल अपराह्न ४ बजे हुनेछ। उक्त खेलको विजेता टोलीले सिधैं फाइनलमा स्थान बनाउनेछ।
सुदूरपश्चिम अंक तालिकाको शीर्षस्थानमा रहेर क्वालिफायरमा पुगेको टोली हो। लिग चरणका ७ मध्ये ६ खेलमा जित हात पार्दै सुदूरपश्चिमले १२ अंक जोडेको थियो। उसलाई विराटनगरले ६ विकेटले पराजित गरेको थियो।
विराटनगरले भने ५ खेल जित्दै सुदूरपश्चिमसँगको दोस्रो भेट पक्का गरेको हो। विराटनगरले चितवन राइनोज र लुम्बिनी लायन्ससँग हार बेहोरेको थियो। यो खेलमा पराजित हुने टोलीले क्वालिफायर २ खेल्ने मौका पाउनेछ।









-1765245125273.webp&w=3840&q=75)



