जनकपुर : हारसँगै एनपीएल सुरुआत, हारबाटै अन्त्य

काठमाडौं। काठमाडौं। लगातार चार खेलमा हार बेहोर्दै नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करण सुरुआत गरेको जनकपुर बोल्ट्सले हारसँगै प्रतियोगिताको अन्त्य गरेको छ।
आइतबार सम्पन्न लिग चरणको अन्तिम खेलमा कर्णाली याक्ससँग साबिक विजेता जनकपुर ३ रनको हार बेहोरेको हो। कर्णालीले दिएको १३० रनको लक्ष्य पछ्याएको जनकपुरले ७ विकेट गुमाउँदै १२६ रन मात्र बनाउन सक्यो।
यसअघि नै यी दुवै टोली प्लेअफको होडबाट बाहिरिसकेका थिए।
जितसँगै कर्णालीले ७ खेलबाट ४ अंक बटुल्दै छैटौं स्थानमा रहेर प्रतियोगिता सकायो। समान खेलमा २ अंक जोडेको जनकपुर भने आठौं स्थानमा रह्यो।
जनकपुरले काठमान्डु गोर्खाज, विराटनगर किङ्स, पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्ससँग लगातार हार बेहोरेको थियो।
चितवन राइनोजलाई ६ विकेटले हराएको जनकपुरले लुम्बिनी लायन्सलाई ४ विकेटको नजिता सुम्पिएको थियो।
यसपल्ट पनि जनकपुरकाले फितलो प्रदर्शन गर्यो।
सञ्जय कृष्णमुर्तिले सर्वाधिक ५१ रन बनाए। ३९ बल खेलेका उनले १ चौका र ४ छक्का प्रहार गरे। संगित कोरे २५ रनमा आउट भए। अन्यको ब्याटिङ भने चल्न सकेन।
कर्णालीका विलियन बसिस्टोले सर्वाधिक २ विकेट लिए।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनाएको थियो।
कर्णालीका ओपनर इमरान शेखले सर्वाधिक ३३ रन बनाए। ३२ बल खेलेका उनले समान एक चौका र छक्का प्रहार गरे।
गुल्सनकुमार झा १९, प्रियांक पन्चाल १८, विलियम बसिस्टो १५ रनमा आउट हुँदा कप्तान सोमपाल कामीले अविजित १८ रनको योगदान दिए। अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन्।
जनकपुरका ललितनारायण राजवंशी र आदित्य महताले समान २ विकेट लिए।












-1765118145135.jpg&w=3840&q=75)
