शुक्रबार, ०९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

पर्थपछि ब्रिसबेनमा पनि अस्ट्रेलियाले इङ्ल्यान्डलाई हरायो

आइतबार, २१ मंसिर २०८२खेलपाटी संवाददाता
पर्थपछि ब्रिसबेनमा पनि अस्ट्रेलियाले इङ्ल्यान्डलाई हरायो
mustang rice ad

काठमाडौं। पर्थ टेस्टमा दुई दिनमै आत्मसमर्पण गरेको इङ्ल्यान्डले ब्रिसबेनमा पहिलो इनिङ्समा जो रुटको शतकीय इनिङ्ससँगै खेलमा पुनरागमन गर्ने संकेत देखाएको थियो। तर, मिचेल स्टार्कको बलिङपछि ठूलो अग्रता बनाएको अस्ट्रेलियाले इङ्ल्यान्डलाई खेलमा फर्किन नै दिएन।

चौथो दिन केही प्रयास भने कप्तान बेन स्टोक्सको ब्याटबाट देखियो। तर, अन्त्यमा उनको त्यो अर्धशतक पर्याप्त हुन सकेन। स्टिभ स्मिथको नेतृत्वमा रहेको अस्ट्रेलियाले ब्रिसबेनमा सजिलो जित निकाल्दै सिरिजमा २–० को अग्रता बनायो।

ब्रिसबेनको गाबा मैदानमा आइतबार अस्ट्रेलियाले इङ्ल्यान्डलाई ८ विकेटले हराउको हो। चौथो दिन ६५ रनको लक्ष्य अस्ट्रेलियाले मात्र १० ओभरमै २ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो। स्टिभ स्मिथले ९ बलमा २३ रन बनाउँदै छिट्टै खेल सकाए।

यसअघि अस्ट्रेलियाले १७७ रनको अग्रता बनाएको थियो। इङ्ल्यान्ड तेस्रो इनिङ्समा ब्याट गर्न आएर ३५ ओभरमा ६ विकेट गुमाएर १३४ रन दिन सक्यो। बेन स्टोक्स र विल ज्याक्स ४–४ रनमा दिन समाप्त गरेका थिए।

चौथो दिन फेरि ब्याट गर्न आएका स्टोक्स–ज्याक्सले राम्रो प्रतिरोध देखाए। तर, माइकल नेसरले ज्याक्सलाई आउट गर्दै ९६ रनको साझेदारी तोडे।

ज्याक्स ९२ बलमा ४ चौका प्रहार गर्दै ४१ रनमा आउट भए। त्यसपछि अर्को ओभरमै स्टोक्सलाई कैरिको क्याचमा आउट गराउँदै इङ्ल्यान्डको हार सुनिश्चित गरे। स्टोक्स १५२ बलमा ४ चौकासहित ५० रनमा आउट भए।

कप्तानको विदाइपछि इङ्ल्यान्डले मात्र १४ रन थपेर बाँकी २ विकेट गुमायो। नेसरले १६.२ ओभरमा ४२ रन मात्र दिएर ५ विकेट लिए। पहिलो इनिङ्समा ६ विकेट लिएका स्टार्कले थप २ विकेट लिए। स्कट बौलैन्डले २ विकेट लिए भने डोगेटले बाँकी विकेट लिए।

६४ रनको लक्ष्य अस्ट्रेलियाले जित्न धेरै समय लिएन। ट्राभिस हेडले २२ बलमा २२ रन बनाए। मार्नुस लाबुसचेने ३ रनमा आउट भए। बाँकी काम ज्याक वादराल्ड र स्मिथले पूरा गरे।

कप्तान स्मिथले नवौं ओभरमा दुई चौका र एक छक्का प्रहार गरे। १०औं ओभरमा ऐटकिनसनलाई छक्का हान्दै जितको रन पूरा गरे। स्मिथ ९ बलमा २–२ चौका–छक्का मार्दै २३ रनमा अविजित रहे। वादराल्डले २३ बलमा १७ रन बनायो। इङ्ल्यान्डका लागि ऐटकिनसनले २ विकेट लिए।

LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

रुविनाको हजार रन पूरा

रुविनाको हजार रन पूरा

फेरिल्यान्ड बास्केटबल आइतबारदेखि

फेरिल्यान्ड बास्केटबल आइतबारदेखि

श्रीलंका ‘ए’ सँग नेपालको लगातार दोस्रो हार

श्रीलंका ‘ए’ सँग नेपालको लगातार दोस्रो हार

Bajaj Pulsar Motorcycle Ad
रोमाञ्चक खेलमा एपीएफसँग हार्‍यो गण्डकी

रोमाञ्चक खेलमा एपीएफसँग हार्‍यो गण्डकी

नेपालमै पहिलोपल्ट चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ हुँदै

नेपालमै पहिलोपल्ट चेसको ‘पजल सोल्भिङ कन्टेस्ट’ हुँदै

पहिलो जितमा भगवतीको ५ गोल

पहिलो जितमा भगवतीको ५ गोल

आर्मीले सहजै जित्यो

आर्मीले सहजै जित्यो

आर्मीमाथि न्यु डायमन्डको सोझो सेटमा जित

आर्मीमाथि न्यु डायमन्डको सोझो सेटमा जित

भिल्लामा सान्चोको पहिलो गोल

भिल्लामा सान्चोको पहिलो गोल

 पेड्री एक महिना मैदानबाहिर

पेड्री एक महिना मैदानबाहिर

सिजनको अन्त्यमा युनाइटेड छाड्दै क्यासमिरो

सिजनको अन्त्यमा युनाइटेड छाड्दै क्यासमिरो