गोलमा हालान्डको ‘सेन्चुरी’
बुधबार, १७ मंसिर २०८२खेलपाटी संवाददाता

काठमाडौं। म्यानचेस्टर सिटीका एर्लिङ हालान्ड प्रिमियर लिगमा सबैभन्दा छिटो १०० गोल पूरा गर्ने खेलाडी बनेका छन्।
फुलह्यामविरुद्धको रोमाञ्चक ५–४ जितमा १७औं मिनेटमा उनले गोल गर्दै उो उपलब्धि हासिल गरेका हुन्।
जेरेमी डोकूको क्रसलाई पहिलो टर्चमा गोलमा परिणत गर्दै उनले १११ खेलमै यो उपलब्धि हासिल गरेका हुन्।
सिटीका प्रशिक्षक पेप गार्डियोलाले भने, ‘उनी यहाँ आएको बेला १११ खेलमा १०० गोल गर्छन् भने म विश्वासै गर्थिनँ। यो आँकडा पागलपनजस्तै हो। आज उनी अविश्वसनीय रहे।’
लिगमा यस सिजन १५ गोलसहित अग्रस्थानमा रहेका नर्वेजियन स्टार दुई खेलदेखि ९९ गोलमै रोकिएका थिए। न्यूक्यासल र लिड्सविरुद्ध उनले गोलका मौका गुमाए।
तर, यसपटक उनलाई रोक्ने कुनै उपाय रहेन। सिटी उपाधिको दौडमा रहेकाले उनका गोलको भोग अझै बढ्दै गएको छ।












-1764668485959.png&w=3840&q=75)
