‘ए’ डिभिजन लिग गर्ने एन्फा कार्यसमितिको निर्णय

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा) कार्यसमितिको आपत्कालिन बैठकले ‘ए’ डिभिजन लिग गर्ने निर्णय गरेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार बसेको बैठकले राष्ट्रिय लिग सम्पन्न भएको एक महिनापछि शीर्ष डिभिजनको लिग गर्ने निर्णय गरेको हो। राष्ट्रिय लिग २५ पुसबाट सुरु हुँदैछ।
अन्तिमपल्ट ‘ए’ डिभिजन लिग जेठ २०७९ मा भएको थियो। उक्त लिगमा मच्छिन्द्रलाई ३ अंकले पछि पार्दै चर्च ब्वाइज युनाइटेडले उपाधि जितेको थियो। चर्च ब्वाइजले सोही लिगमा डेब्यु गरेको थियो।
राष्ट्रिय लिगमा ‘ए’ डिभिजनका च्याम्पियन चर्च ब्याइज युनाइटेडसँगै मच्छिन्द्र फुटबल क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ क्लब, सातदोबाटो युथ क्लब र न्यूरोड टिम (एनआरटी)ले सहभागिता जनाउने छन्।
यसबाहेक हेटौंडामा सम्पन्न प्रेसिडेन्ट लिगका शीर्ष चार टोली नवजागृति क्लब, चित्लाङ फुटबल क्लब, काँक्रेविहार युथ क्लब र लालीगुराँस एसोसियसन क्लबले पनि आफ्नो चुनौती प्रस्तुत गर्नेछन्।






-1764560243138-1764573362763.webp&w=3840&q=75)





