बिहिबार, मंसिर १२, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

चम्किएका भिटिन्हा

बिहिबार, ११ मंसिर २०८२खेलपाटी संवाददाता
चम्किएका भिटिन्हा
Classic Tech Internet Ad

काठमाडौं। मिडफिल्डर भिटिन्हाले सानदार ह्याट्रिक गर्दै पेरिस सेन्ट–जर्मेनलाई (पीएसजी) बुधबार च्याम्पियन्स लिगमा रोमाञ्चक जित दिलाएका छन्। दुईपटक पछि परेको खेललाई उल्टाउँदै उनले टोटनह्यामविरुद्ध ५–३ को जित निकाल्न मद्दत गरेका हुन्।

उनले पहिलो गोल दायाँ खुट्टाले, दोस्रो बायाँ खुट्टाले र तेस्रो पेनाल्टीबाट गरेका हुन्। ‘निश्चय नै विशेष क्षण हो,’ भिटिन्हाले भने, ‘किनकि मैले करिअरमै पहिलो पटक एकै खेलमा दुई गोलभन्दा बढी गरें।’

पीएसजीले स्टार फारवर्डहरूबिना पनि आक्रमणमा राम्रो प्रदर्शन गर्‍यो। बालोन डी’ओर विजेता उस्मान डेम्बेले चोटबाट फर्किएका थिए। तर, बेन्चमा बसे। गत वर्षको च्याम्पियन्स लिग फाइनलमा इन्टरविरुद्ध दुई गोल गरेका डेजिरे दुए अझै फर्किन सकेका छैनन्।

३५औं मिनेटमा काउन्टर अट्याकबाट टोटनह्यामले अग्रता लियो। आर्ची ग्रेले ब्याकपोस्टमा पोल्टिएको क्रस हाने र पीएसजीबाट यस सिजन ऋणमा आएका रान्डल कोलो मुआनीले बल हेडर गर्दै रिचार्लिसनलाई नजिकबाट सहज ट्याप–इन गर्न दिए।

तर, पहिलो हाफ सकिन केही समय बाँकी छँदा टोटनह्यामका डिफेन्डरले भिटिन्हालाई रोक्न सकेन। उनले बक्सको छेउबाट सुन्दर फिनिश गर्दै बल माथिल्लो दायाँ कुनामा राखे।

५३औं मिनेटमा भिटिन्हाले फेरि धेरै स्पेस पाउँदा बक्सभित्रैबाट कर्ल गर्दै दोस्रो गोल गरे। यसअघि मात्र तीन मिनेटअघि कोलो मुआनीले टोटनह्यामलाई २–१ को अग्रता दिलाएका थिए।

त्यसपछि पीएसजीले छोटो अन्तरालमै थप दुई गोल गर्‍यो। फाबियन रुइजले लो सर्ट र विलियन पाचोको कोर्नरपछि नजिकबाट गोल गरे। योसँगै टोटनह्यामको कमजोर डिफेन्स फेरि उजागर भयो।

टोटनह्याम पछिल्ला ६ खेलमध्ये ४ मा पराजित भइसकेको छ। आइतबार मात्र आर्सनलसँग ४–१ ले हारेका थिए।

भिटिन्हाको ह्याट्रिक

मुख्य प्रशिक्षक थोमस फ्राङ्कको टोलीले आक्रामक खेल प्रदर्शन गरिरहेकाले पीएसजीका लागि खेल सजिलो थिएन। ७३औं मिनेटमा भिटिन्हाले दुर्लभ गल्ती गर्दै बल गुमाएपछि कोलो मुआनीले गोल गर्दै खेल ४–३ बनाए।

तर, केही क्षणमै भिटिन्हाले आफ्नो ह्याट्रिक पूरा गरे। क्रिस्टियन रोमेरोले हातले ब्लक गरेको शटका कारण पाइएको पेनाल्टी उनले सदुपयोग गरे। पुरुष बलोन डी’ओरमा तेस्रो स्थानमा रहेका भिटिन्हाले यसअघि १७० खेलमा २१ गोल मात्रै गरेका थिए। त्यसैले यो प्रदर्शन विशेष मानियो।

इन्जुरी टाइमको अन्त्यतिर उनी परिवर्तन हुँदा पार्स दे प्रिन्सको दर्शकदीर्घाले उनलाई उभिएर धन्यवाद दिएका थिए।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मेसी र रोनाल्डोको कीर्तिमानतिर आँखा लगाउँदै एमबाप्पे

मेसी र रोनाल्डोको कीर्तिमानतिर आँखा लगाउँदै एमबाप्पे

‘एन्फाले क्लबहरुलाई अलमलमा पारेको छ’

‘एन्फाले क्लबहरुलाई अलमलमा पारेको छ’

साम्बाबिनाको नेपाल इन्डोनेसियासँग पराजित

साम्बाबिनाको नेपाल इन्डोनेसियासँग पराजित

Bajaj Pulsar Motorcycle Ad
मेसी र रोनाल्डोको कीर्तिमानतिर आँखा लगाउँदै एमबाप्पे

मेसी र रोनाल्डोको कीर्तिमानतिर आँखा लगाउँदै एमबाप्पे

चम्किएका भिटिन्हा

चम्किएका भिटिन्हा

‘एन्फाले क्लबहरुलाई अलमलमा पारेको छ’

‘एन्फाले क्लबहरुलाई अलमलमा पारेको छ’

सबैभन्दा कम उमेरमा फिडे विश्वकप जित्ने खेलाडी बने सिन्डारोभ

सबैभन्दा कम उमेरमा फिडे विश्वकप जित्ने खेलाडी बने सिन्डारोभ

साम्बाबिनाको नेपाल इन्डोनेसियासँग पराजित

साम्बाबिनाको नेपाल इन्डोनेसियासँग पराजित

रञ्जित चम्किँदा विराटनगरको अपराजित यात्रामा चितवनको ब्रेक

रञ्जित चम्किँदा विराटनगरको अपराजित यात्रामा चितवनको ब्रेक

इन्डोनेसियाविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता

इन्डोनेसियाविरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता

३ खेल, ३ अर्धशतक

३ खेल, ३ अर्धशतक