सबैभन्दा कम उमेरमा फिडे विश्वकप जित्ने खेलाडी बने सिन्डारोभ

काठमाडौं। उज्बेकिस्तानका स्टार जाभोखिर सिन्डारोभ बुधबार २०२५ फिडे विश्वकप च्याम्पियन बनेका छन्।
प्रतिस्पर्धात्मक र तनावपूर्ण टाइब्रेकर मात्र दुई खेलमै टुंगिँदै १९ वर्षीय सिन्डारोभले उपाधि हात पारेका हुन्।
यससँगै उनी इतिहासकै सबैभन्दा कम उमेरमा फिडे विश्वकप जित्ने खेलाडी बनेका छन्। गोवामा नोभेम्बर १ बाट २०६ खेलाडीसँग सुरु भएको प्रतियोगिता अन्त्यतिर आएर दुई जना मात्र बाँकी थिए, चिनियाँ नम्बर–१ वेइ यी र उज्बेक युवा प्रतिभा सिन्डारोभ।
दुवै कठिन यात्रा पार गर्दै फाइनलसम्म पुगेका थिए । दुईवटा क्लासिकल खेल बराबरीमा सकिएपछि भिडन्त टाइब्रेकरमा पुगेको थियो। दुवै खेलाडी द्रुत र ब्लिट्ज फर्म्याटमा उत्कृष्ट रहेकाले स्पष्ट फेभरेट कोही थिएन।
यसअघि २–० को क्लासिकल जितसहित नोदिर्बेक याकुबोएभलाई पराजित गरेका एन्ड्रेइ इसिपेन्को तेस्रो भएपछि क्यान्डिडेट्स स्थान सुरक्षित गरिसकेका थिए। त्यसपछि सबैको ध्यान एक मात्र बाँकी बोर्ड फाइनलतिर केन्द्रित भयो।
करिब एक महिनासम्म चलेको यो ‘म्याराथन’ को उपयुक्त समापन त्यही फाइनलले गरिदियो।










%20(1)-1764163746521.jpeg&w=3840&q=75)
-1764163211372.jpg&w=3840&q=75)
%20(1)-1764162634072.jpeg&w=3840&q=75)
-1764157792407.jpeg&w=3840&q=75)

