साम्बाबिना खेल्दै नेपाल
बुधबार, १० मंसिर २०८२खेलपाटी संवाददाता

काठमाडौं। साफ महिला च्याम्पियनसिपको तयारीमा रहेको नेपाल बुधबार अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु टोली इन्डोनेसियाविरुद्ध मैदान उत्रिँदैछ।
योग्यकार्तास्थित मागुवोहर्जो रंगशालामा खेल नेपाली समयअनुसार साँझ ६:१५ बजे हुनेछ । नेपाल र इन्डोनेसिया अहिलेसम्म एकपटक मात्र आमने–सामने भएका छन्।
सन् २०१९ मा म्यानमारको मण्डलेमा सम्पन्न एएफसी ओलम्पिक छनोटको दोस्रो चरणमा नेपालले इन्डोनेसियालाई २-१ ले हराएको थियो। खेलमा दुवै गोल स्ट्राइकर साबित्रा भण्डारी साम्बाले गरेकी थिइन् ।
तर, यसपल्ट नेपालले साम्बाबिना नै इन्डोनेसियासँग खेल्नेछ। अस्ट्रेलियन लिग खेल्नेक्रममा उनले घुँडाको चोट बोकेकी थिइन्। उनको अनुपस्थितिमा टोलीको कप्तानी जिम्मेवारी अञ्जिला तुम्बापो सुब्बाले पाएकी छन्।







-1764032060800.webp&w=3840&q=75)


-1764078716312.jpeg&w=3840&q=75)



-1764055643559.png&w=3840&q=75)