बुधबार, मंसिर ११, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

बार्सिलोनाले चेल्सीलाई सकेन

बुधबार, १० मंसिर २०८२खेलपाटी संवाददाता
बार्सिलोनाले चेल्सीलाई सकेन
Classic Tech Internet Ad

काठमाडौं। चेल्सीले मंगलबार च्याम्पियन्स लिगमा पुराना दिनको सम्झना दिलाउने गरि उत्कृष्ट प्रदर्शन गर्दै बार्सिलोनालाई ३–० ले हरायो।

यस जितसँगै लन्डन क्लबले स्वचालित छनोटमा स्थान सुरक्षित गर्ने दिशामा ठूलो पाइला चालेको छ। यता स्पेनिस क्लब बार्सिलोनालाई प्लेअफमा धकेलिनु नपरोस् भनेर संघर्ष गर्नुपर्ने स्थितिमा पुगेको छ।

बार्सिलोनाका कप्तान रोनाल्ड अराउजोले पहिलो हाफको अन्त्यतिर रातो कार्ड खाँदा परिस्थिति झनै दबाबपूर्ण बनेको थियो। चेल्सीका १८ वर्षे एस्टेवाओले अद्भुत दोस्रो गोल गरे भने लियम डेलापले तेस्रो थपे। चेल्सीका तीन गोल भने भिएआरका निर्णयका कारण रद्द भएका थिए।

'एस्टेवाओका लागि ठूलो रात, क्लबका लागि पनि त्यति नै ठूलो सफलता,' चेल्सीका प्रशिक्षक एनजो मारेस्काले भने। स्ट्याम्फोर्ड ब्रिजको वातावरण पनि पुरानै दिनझैं थियो।

चेल्सीले युरोपका शीर्ष क्लबहरूलाई पराजित गर्दै आएको थियो। खेलभरि चेल्सीले तीव्र पास, छिरो आक्रमण र दुवै विंगबाट निरन्तर दबाब बनायो।

तर, बार्सिलोनाका लागि रात निकै निराशाजनक रह्यो। २७औं मिनेटमा मार्क कुकुरेलियाको क्रस क्लियर गर्न खोज्दा जुल्स कुन्डेको खुट्टाबाटै बल आफ्नै पोस्टतिर लागेर चेल्सीले अग्रता लियो।

त्यसको एक मिनेटअघि कुकुरेलियालाई धक्का दिँदा अराउजोले दोस्रो पहेंलो कार्ड पाएर बार्सिलोना दश जनामा सीमित भयो। बार्सिलोनाका १६ वर्षे प्रतिभा लामिन यमल भने जम्न सकेनन् र अन्त्यतिर उनी परिवर्तन भएर बाहिरिए।

७३औं मिनेटमा फर्नान्डेजको क्रसमा डेलापले सिजनको पहिलो गोल गर्दै चेल्सीका लागि सानदार जित पूरा गरे। यो जितसँगै चेल्सी अस्थायी रूपमा शीर्ष आठ स्वचालित छनोटको स्थानमा उक्लिएको छ।

अब पाफोस, एटालान्टा र नेपोलीसँग खेल्दै अन्तिम चरणमा आफ्नो स्थान पक्का गर्न खोज्नेछन्।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

साम्बाबिना खेल्दै नेपाल

साम्बाबिना खेल्दै नेपाल

सुधारिएको युनाइटेडको लयमा ब्रेक

सुधारिएको युनाइटेडको लयमा ब्रेक

४० वर्षको उमेर रोनाल्डोको ‘बाइसाइकल किक’

४० वर्षको उमेर रोनाल्डोको ‘बाइसाइकल किक’

Bajaj Pulsar Motorcycle Ad
साम्बाबिना खेल्दै नेपाल

साम्बाबिना खेल्दै नेपाल

बार्सिलोनाले चेल्सीलाई सकेन

बार्सिलोनाले चेल्सीलाई सकेन

टी–२० विश्वकप २०२६ : नेपालको सबै खेल मुम्बईमै

टी–२० विश्वकप २०२६ : नेपालको सबै खेल मुम्बईमै

काठमान्डुको दोस्रो जित

काठमान्डुको दोस्रो जित

 आईसीसी टी–२० विश्वकप : इङ्ल्यान्ड र वेस्ट इन्डिज रहेको समूहमा नेपाल

आईसीसी टी–२० विश्वकप : इङ्ल्यान्ड र वेस्ट इन्डिज रहेको समूहमा नेपाल

नेपालको जितमा नीरजको शतक

नेपालको जितमा नीरजको शतक

दृष्टिविहीन महिला टोलीलाई क्यानको १० लाख रूपैयाँ सहयोग

दृष्टिविहीन महिला टोलीलाई क्यानको १० लाख रूपैयाँ सहयोग

‘बाउन्ड्री लाइनमा’मा जनकपुरका समर्थकले गरे सन्दीपलाई अपमान !

‘बाउन्ड्री लाइनमा’मा जनकपुरका समर्थकले गरे सन्दीपलाई अपमान !