आइतबार, ०१ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बक्सिङ
Loading ad...
Bhat Bhateni Supermarket Ad

चन्द्रकला र सुलभ फाइनलमा भिड्ने

बिहिबार, २४ माघ २०७५खेलपाटी संवाददाता
चन्द्रकला र सुलभ फाइनलमा भिड्ने
Loading ad...
mustang rice ad

काठमाडौं । त्रिभुवन आर्मी क्लबकी चन्द्रकला थापा र नेपाल एपीएफ क्लबकी सुलभ थापामगरले वीर गणेशमान राष्ट्रिय बक्सिङ च्याम्पियनसिपको फाइनलमा भिड्ने भएका छन् ।

बिहिबार वसन्तपुर डबलीमा भएको ५४–५७ केजी तौल समूहको सेमिफाइनलमा दुवै खेलाडीले पहिलो राउण्डमा जित दर्ता गरे । चन्द्रकलाले प्रदेश ७ की निर्मला केसीलाई पराजित गरिन् । एपीएफकी सुलभले निकै प्रतिस्पर्धात्मक खेलमा प्रदेश ३ की कुसुम तामाङलाई हराउदै फाइनल पुगिन् ।

यस्तै, महिला ६०–६४ केजी तौल समूहमा त्रिभुवन आर्मी क्लबकी पुनम रावलले प्रदेश २ की अपराजिता घतानेलाई तथा एपीएफकी सरस्वती रानाले प्रदेश ६ की अश्मिता चन्दलाई हराइन् ।

महिला ५७–६० केजी तौल समूहमा एपीएफकी संगीता सुनारले प्रदेश ५ की संगीता दंगाललाई पराजित गरिन् । उनले फाइनलमा अर्मिकी सविना श्रेष्ठसँग खेल्नेछिन् । सविनाले प्रदेश १ की सोममाया लिम्बूलाई पाखा लगाउदै फाइनल यात्रा तय गरेकी हुन् ।

महिला ५१–५४ केजी तौल समूहको फाइनलमा आर्मीकी मिनु गुरुङ र पुलिसकी निशा तामाङ खेल्नेछन् । मिनुले प्रदेश २ कि तेजी गुरुङलाई तथा निशाले एपीएफकि संजुमाया थिङलाई पराजित गरिन् ।

महिला ४६–४८ केजी तौल समूहमा पुलिसकी दिवान शेर्माले आर्मीकी ललिला महर्जनको चुनौती पार गरिन् । अर्को सेमिफाइनलमा प्रदेश ५ कि सुशिला थापाले प्रदेश ३ की सुष्मा तामाङबाट वाकओभर पाइन् ।

पुरुषतर्फ ६४ केजी तौल समूहमा आर्मीका सुरेश नेपाली, पुलिसका भुपेन्द्र थापा र एपीएफका सोनाम सार्कीले सेमिफाइनलमा स्थान बनाए । सुरेशले प्रदेश २ का किशोर शर्मा, भुपेन्द्रले प्रदेश ५ का विशाल रेग्मी र सोनामले प्रदेश १ का अभिनय राईलाई हराए । प्रदेश ६ का इन्द्र सुनारले प्रदेश ४ का पवन गुरुङलाई हराउँदै अन्तिम ४ मा स्थान बनाए ।

पुरुष ६९ केजी तौल समूहमा आर्मीका विष्णुप्रसाद घलेले प्रदेश ४ का सविन गुरुङलाई हराउदै सेमिफाइनलमा पुगे । एपीएफका विकास लामाले प्रदेश ६ का विकास लामालाई हराउँदा प्रदेश १ का राजेश गुरुङले प्रदेश ५ का हेमराज चौलागाईंलाई दोस्रो राउण्डमा नकआउट गरे । प्रदेश ३ का मनीष डंगोलले प्रदेश ७ का वसन्तबहादुर सिंहलाई पहिलो राउण्डमा नै हराए ।

एपीएफका सुमन कार्कीले प्रदेश ५ का गणेश विकलाई पराजित गर्दै ७५ केजी तौल समूहको अन्तिम ४ मा स्थान बनाए । सोहि तौल समूहमा आर्मीका दिपक श्रेष्ठले प्रदेश ४ का अनिल थापामगर तथा प्रदेश ३ का दिवेश भूमिलालले प्रदेश ७ का विरेन्द्रबहादुर शाहीलाई हराए ।

पुरुष ८१ केजी तौल समूहमा आर्मीका रवी सुनारले प्रदेश १ का प्रशील रुचालबाट वाकओभर पाए । प्रदेश ५ का केशर खत्रीले एपीएफका गोकुल गुरुङलाई हराउँदै अन्तिम ४ मा स्थान बनाए ।

वीर गणेशमान सिंह फाउन्डेसनको आयोजनामा माघ २६ गतेसम्म चल्ने प्रतियोगितामा प्रत्यक तौल समूहको विजेताले २५ हजार प्राप्त गर्ने आयोजनले जनाएको छ । उपविजेताले १५ हजार तथा तेस्रो स्थान प्राप्त गर्ने दुई खेलाडीले जनही ७ हजार ५ सय पाउने छन् । प्रतियोगिताभरको उत्कृष्ट महिला र पुरुष खेलाडीले क्रमश स्कुटर र मोटरसाइकल प्राप्त गर्नेछन् ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

रहेनन् बक्सर नामसिंह

रहेनन् बक्सर नामसिंह

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

‘घुमौं झापा साइकल’ आयोजना हुने

‘घुमौं झापा साइकल’ आयोजना हुने

अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा

अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा

हाउन्ड्समाथि टाइम्सको रोमाञ्चक जित

हाउन्ड्समाथि टाइम्सको रोमाञ्चक जित

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

मच्छिन्द्र र चर्च बोइजलाई उछिन्दै एपीएफ शीर्षस्थानमा

मच्छिन्द्र र चर्च बोइजलाई उछिन्दै एपीएफ शीर्षस्थानमा