झापा महिला गोल्डकप : उद्घाटन खेलमा पुलिस र चर्च ब्वाइज भिड्ने

इलाम। झापा महिला गोल्डकपको उद्घाटन खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र चर्च ब्वाइज भिड्ने भएका छन्।
दुहबे स्टेडियम, शिवसताक्षीमा आयोजना हुने प्रतियोगिता कात्तिक १५ देखि २२ गतेसम्म हुनेछ। अर्को दिन नेपाल एपीएफ क्लब र सिङलिङ एस.सी. सिक्किमबीच प्रतिस्पर्धा हुनेछ।
तेस्रो क्वार्टरफाइनलमा संकटा एफसी र झापा एफसी र चौथो खेलमा त्रिभुवन आर्मी र आरएस पोखरा एफसीबीच सामना हुनेछ। सेमिफाइनल खेलहरू क्रमशः कात्तिक १९ र २० गते हुनेछन्। फाइनल खेल कात्तिक २२ गते दिउँसो २ बजे हुने तय छ।
प्रतियोगिताको विजेताले नगद १० लाख १० हजार र उपविजेताले नगद ५ लाख रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन्। त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले १ लाख ५० हजार रुपैयाँ पाउने छन् भने प्रतियोगिताका उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड, उदीयमान खेलाडी, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्ता जनहीले नगद २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन्।
प्रत्येक खेलको प्लेयर अफ द म्याचलाई नगद १५ हजार र ट्रफी प्रदान गरिने छ। प्रतियोगिता सञ्चालनका करिब १ करोड रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ।












