आइतबार, ०१ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. बक्सिङ
Loading ad...
Bhat Bhateni Supermarket Ad

दिनेश वीर गणेशमान राष्ट्रिय बक्सिङको सेमिफाइनलमा

बुधबार, २३ माघ २०७५खेलपाटी संवाददाता
दिनेश वीर गणेशमान राष्ट्रिय बक्सिङको सेमिफाइनलमा
Loading ad...
mustang rice ad
काठमाडौं । नेपाल पुलिस क्लबका दिनेश श्रेष्ठ वीर गणेशमान राष्ट्रिय बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार वसन्तपुर डबलीमा भएको ६० केजी तौल समूहको खेलमा प्रदेश ४ का जिनेश गुरुङलाई पराजित गर्दै दिनेशले अन्तिम चारमा प्रवेश गरेका हुन् ।
 
सोही तौल समूहमा त्रिभुवन आर्मी क्लबका एकबहादुर घले र एपीएफका प्रकाश लिम्बू समेत सेमिफाइनल प्रवेश गरे । एकबहादुरले प्रदेश ३ का सनील शाहीलाई हराए । प्रकाशले प्रदेश ७ का भरत चन्दलाई पाखा लगाए ।
 
प्रदेश ५ का गणेश थापामगरले प्रदेश २ का सुदीप घिसिङलाई हराउँदै सेमिफाइनलमा समीकरण पूरा गरे । पुरुष ५६ केजी तौल समूहमा एपीएफका पुरन राईले प्रदेश १ का सुरेन्द्र राईलाई पराजित गरे । प्रदेश २ का गणेश थापाले प्रदेश ५ का नवीन घर्तीलाई हराए ।
 
प्रदेश ७ का महेन्द्र चन्दले पुलिसका शम्भु राजवंशीलाई स्तब्ध पार्दा आर्मीका विमल रोकाले प्रदेश ६ का प्रशान्त लामाको चुनौती पन्छाए ।
 
आर्मीका प्रेम चौधरीले प्रदेश ५ का समिर चौधरीलाई पराजित गर्दै पुरुष ५२ केजी तौल समूहको अन्तिम ४ मा स्थान पक्का गरे । प्रदेश १ का सुलभ राज तुलाधरले प्रदेश ६ का जीवन पुन मगरलाई हराउँदा पुलिसका चन्द्रबहादुर थापाले प्रदेश ७ का सागर मल्ललाई पन्छाए । एपीएफका विक्रम परियारले प्रदेश ३ का मिङमार ग्याल्जेन शेर्पालाई हराउँदै सेमिफाइनलमा स्थान बनाए ।
 
पुरुष ४९ केजीतर्फ एपीएफका प्रदिप महर्जनले प्रदेश २ का पवन श्रेष्ठ तथा आर्मीका सुशील थापाले प्रदेश ३ का मदनकृष्ण डंगोललाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाए । प्रदेश ७ का भानु विष्टले प्रदेश ५ का सुरज ओलीलाई नकआउट गरे भने प्रदेश ६ का मोहन गुरुङले पुलिसका दीपेश राईलाई स्तब्ध पारे ।
 
महिलातर्फ ४६–४८ केजी तौल समूहमा पुलिसकी दिवाना शेर्माले एपीएफकी नाङ्गजा बुढामगरलाई हराउँदै सेमिफाइनलमा स्थान बनाइन् । आर्मीको ललिता महर्जनले प्रदेश १ की मन्जिता माखिम, प्रदेश ३ की सुष्मा तामाङले प्रदेश ६ की जानकी थापा तथा प्रदेश ५ की सुशिला थापाले प्रदेश ८ की प्रतिभा शाहीलाई पराजित गरे ।
 
आर्मीकी विमला श्रेष्ठले ४८–५१ केजी तौल समूहमा प्रदेश २ की मनिषा राईलाई हराउँदै अन्तिम ४ मा स्थान बनाइन् । प्रदेश ४ की मिना घले, प्रदेश ३ की रोशनी राई र एपीएफकी माला राई पनि अन्तिम ४ मा प्रवेश गरे । मिनाले प्रदेश ६ कि सुष्मा पुन मगर, रोशनीले प्रदेश ५ की विमला थापा मगर तथा मालाले प्रदेश १ की अरुणा योन्जनलाई पराजित गरे ।
 
एपीएफकी संजुमाया थिङले महिला ५१–५४ केजी तौल समुहमा प्रदेश ७ की हरिना ऐरलाई पराजित गर्दा प्रदेश २ की तेजी गुरुङ र पुलिसकी निशा तामाङ पनि सेमिफाइनल पुगे । तेजीले प्रदेश ३ की शिवानी श्रेष्ठ तथा निशाले प्रदेश १ कि चन्द्रकला राईलाई पराजित गरिन् ।
 
महिला ६०–६४ केजी तौल समूहमा आर्मीकी पुनम रावलले प्रदेश १ की त्रिशा जबेगुलाई हराउँदै अन्तिम ४ को यात्रा सुनिश्चित गरिन् । एपीएफकी सरस्वती रानाले प्रदेश ३ कि अम्बिका विकलाई पराजित गर्दा प्रदेश ६ की अश्मिता चन्दले प्रदेश ५ की माया चौधरीलाई पाखा लगाइन् ।
 
वीर गणेशमान सिंह फाउन्डेसनको आयोजनामा माघ २६ गतेसम्म चल्ने प्रतियोगितामा प्रत्यक तौल समूहको विजेताले २५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताभरको उत्कृष्ट महिला र पुरुष खेलाडीले क्रमशस् स्कुटर र मोटरसाइकल प्राप्त गर्नेछन् ।
Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बक्सर चन्द्र सम्मानित

बक्सर चन्द्र सम्मानित

रहेनन् बक्सर नामसिंह

रहेनन् बक्सर नामसिंह

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

ऐतिहासिक कांस्य पदक विजेता चन्द्र नगदसहित सम्मानित

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
किरणसहित ४९ खेलाडी प्रारम्भिक टोलीमा

किरणसहित ४९ खेलाडी प्रारम्भिक टोलीमा

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

हिमालयन लाइफटाइम अचिभमेन्ट अवार्डबाट नवीन तन्डुरकार सम्मानित

कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

कोलकाताबाट रहमानको स्थानमा मुजाराबानीले आईपीएल खेल्ने

‘घुमौं झापा साइकल’ आयोजना हुने

‘घुमौं झापा साइकल’ आयोजना हुने

अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा

अर्जेन्टिना र स्पेनबीचको बहुप्रतिक्षित खेल अब बार्नेबाउमा

हाउन्ड्समाथि टाइम्सको रोमाञ्चक जित

हाउन्ड्समाथि टाइम्सको रोमाञ्चक जित

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

‘द हन्ड्रेड’ को अक्सनमा बिकेनन् सन्दीप

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार

हिमालयन क्वीन्स ग्याम्बिटको दोस्रो संस्करण आइतबार