• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
बक्सिङ
  • गृहपृष्ठ
  • बक्सिङ
दिनेश वीर गणेशमान राष्ट्रिय बक्सिङको सेमिफाइनलमा
खेलपाटी संवाददाता
बुधबार, माघ २३, २०७५ खेलपाटी संवाददाता
दिनेश वीर गणेशमान राष्ट्रिय बक्सिङको सेमिफाइनलमा
काठमाडौं । नेपाल पुलिस क्लबका दिनेश श्रेष्ठ वीर गणेशमान राष्ट्रिय बक्सिङ च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार वसन्तपुर डबलीमा भएको ६० केजी तौल समूहको खेलमा प्रदेश ४ का जिनेश गुरुङलाई पराजित गर्दै दिनेशले अन्तिम चारमा प्रवेश गरेका हुन् ।
 
सोही तौल समूहमा त्रिभुवन आर्मी क्लबका एकबहादुर घले र एपीएफका प्रकाश लिम्बू समेत सेमिफाइनल प्रवेश गरे । एकबहादुरले प्रदेश ३ का सनील शाहीलाई हराए । प्रकाशले प्रदेश ७ का भरत चन्दलाई पाखा लगाए ।
 
प्रदेश ५ का गणेश थापामगरले प्रदेश २ का सुदीप घिसिङलाई हराउँदै सेमिफाइनलमा समीकरण पूरा गरे । पुरुष ५६ केजी तौल समूहमा एपीएफका पुरन राईले प्रदेश १ का सुरेन्द्र राईलाई पराजित गरे । प्रदेश २ का गणेश थापाले प्रदेश ५ का नवीन घर्तीलाई हराए ।
 
प्रदेश ७ का महेन्द्र चन्दले पुलिसका शम्भु राजवंशीलाई स्तब्ध पार्दा आर्मीका विमल रोकाले प्रदेश ६ का प्रशान्त लामाको चुनौती पन्छाए ।
 
आर्मीका प्रेम चौधरीले प्रदेश ५ का समिर चौधरीलाई पराजित गर्दै पुरुष ५२ केजी तौल समूहको अन्तिम ४ मा स्थान पक्का गरे । प्रदेश १ का सुलभ राज तुलाधरले प्रदेश ६ का जीवन पुन मगरलाई हराउँदा पुलिसका चन्द्रबहादुर थापाले प्रदेश ७ का सागर मल्ललाई पन्छाए । एपीएफका विक्रम परियारले प्रदेश ३ का मिङमार ग्याल्जेन शेर्पालाई हराउँदै सेमिफाइनलमा स्थान बनाए ।
 
पुरुष ४९ केजीतर्फ एपीएफका प्रदिप महर्जनले प्रदेश २ का पवन श्रेष्ठ तथा आर्मीका सुशील थापाले प्रदेश ३ का मदनकृष्ण डंगोललाई पराजित गर्दै अन्तिम चारमा स्थान बनाए । प्रदेश ७ का भानु विष्टले प्रदेश ५ का सुरज ओलीलाई नकआउट गरे भने प्रदेश ६ का मोहन गुरुङले पुलिसका दीपेश राईलाई स्तब्ध पारे ।
 
महिलातर्फ ४६–४८ केजी तौल समूहमा पुलिसकी दिवाना शेर्माले एपीएफकी नाङ्गजा बुढामगरलाई हराउँदै सेमिफाइनलमा स्थान बनाइन् । आर्मीको ललिता महर्जनले प्रदेश १ की मन्जिता माखिम, प्रदेश ३ की सुष्मा तामाङले प्रदेश ६ की जानकी थापा तथा प्रदेश ५ की सुशिला थापाले प्रदेश ८ की प्रतिभा शाहीलाई पराजित गरे ।
 
आर्मीकी विमला श्रेष्ठले ४८–५१ केजी तौल समूहमा प्रदेश २ की मनिषा राईलाई हराउँदै अन्तिम ४ मा स्थान बनाइन् । प्रदेश ४ की मिना घले, प्रदेश ३ की रोशनी राई र एपीएफकी माला राई पनि अन्तिम ४ मा प्रवेश गरे । मिनाले प्रदेश ६ कि सुष्मा पुन मगर, रोशनीले प्रदेश ५ की विमला थापा मगर तथा मालाले प्रदेश १ की अरुणा योन्जनलाई पराजित गरे ।
 
एपीएफकी संजुमाया थिङले महिला ५१–५४ केजी तौल समुहमा प्रदेश ७ की हरिना ऐरलाई पराजित गर्दा प्रदेश २ की तेजी गुरुङ र पुलिसकी निशा तामाङ पनि सेमिफाइनल पुगे । तेजीले प्रदेश ३ की शिवानी श्रेष्ठ तथा निशाले प्रदेश १ कि चन्द्रकला राईलाई पराजित गरिन् ।
 
महिला ६०–६४ केजी तौल समूहमा आर्मीकी पुनम रावलले प्रदेश १ की त्रिशा जबेगुलाई हराउँदै अन्तिम ४ को यात्रा सुनिश्चित गरिन् । एपीएफकी सरस्वती रानाले प्रदेश ३ कि अम्बिका विकलाई पराजित गर्दा प्रदेश ६ की अश्मिता चन्दले प्रदेश ५ की माया चौधरीलाई पाखा लगाइन् ।
 
वीर गणेशमान सिंह फाउन्डेसनको आयोजनामा माघ २६ गतेसम्म चल्ने प्रतियोगितामा प्रत्यक तौल समूहको विजेताले २५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताभरको उत्कृष्ट महिला र पुरुष खेलाडीले क्रमशस् स्कुटर र मोटरसाइकल प्राप्त गर्नेछन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एएसबिसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा ४ कांस्य
एएसबिसी एसियन यु–२२ बक्सिङ च्याम्पियनसिपमा ४ कांस्य
एसियन बक्सिङमा सात खेलाडीले प्रतिस्पर्धा गर्ने
एसियन बक्सिङमा सात खेलाडीले प्रतिस्पर्धा गर्ने
फोर नेसन्स कप बक्सिङमा नेपाललाई चार स्वर्ण
फोर नेसन्स कप बक्सिङमा नेपाललाई चार स्वर्ण
बक्सर सुष्माको घुँडामा ‘लिगामेन्ट टियर’, उपचारपछि आराम गर्दै
बक्सर सुष्माको घुँडामा ‘लिगामेन्ट टियर’, उपचारपछि आराम गर्दै
बक्सिङमा स्वस्तिका र नोर्बुलाई स्वर्ण
बक्सिङमा स्वस्तिका र नोर्बुलाई स्वर्ण
नेपाली र भारतीय बक्सरबीच फाइट नाइट आइतबार 
नेपाली र भारतीय बक्सरबीच फाइट नाइट आइतबार 
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा नेपाल पराजित
तेस्रो सुपर ओभरमा पुग्यो खेल
तेस्रो सुपर ओभरमा पुग्यो खेल
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सेकेन्ड सुपर ओभरमा पुग्यो खेल !
सुपर ओभरमा २० रनको लक्ष्य
सुपर ओभरमा २० रनको लक्ष्य
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
नेपाल र नेदरल्यान्ड्सबीचको खेल टाई
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP