आठौं राष्ट्रिय खेलकुद भब्य बनाउन राखेपको अभिमुखीकरण तालिम
काठमाडौं । पाँच नम्बर प्रदेशमा आयोजना हुने आठौं राष्ट्रिय खेलकुद प्रतियोगितालाई पारदर्शी, कम लागत तथा भब्य रुपमा सम्पन्न गर्न आठौं राष्ट्रिय खेलकुद सचिवालयले अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको छ ।
सातदोबाटोस्थित अन्तराष्ट्रिय खेल परिसरमा बुधबार सचिवालयले आठौं राष्ट्रिय खेलकुद अभिमुखीकरण कार्यक्रमको आयोजना गरेको हो ।
कार्यक्रममा राखेपका सदस्यहरु, विभागिय प्रमुखहरुका साथै ७ प्रदेशका संयोजक, कार्यालय प्रमुख र लेखा प्रमुखहरु र राखेपका कर्मचारीहरुको उपस्थितमा आठौं राष्ट्रिय खेलकुदलाई पारदर्शी, कम लागत, विवाद रहित भब्य रुपमा सम्पन्न गर्न आई पर्ने विभिन्न कठिनाई, तथा प्रतियोगिताका लागि निर्माण गरिएको आर्थिक निर्देशिका तथा प्राविधिक बिषयका बारेमा छलफल भएको थियो । यस्तै प्रतियोगिताका दौरान आईपर्ने विभिन्न कठिनाईलाई समाधान गर्ने र निर्देशिकामा रहेका प्रावधानहरुमा देखिएका त्रुटीहरुका बारेमा औल्याएका थिए ।
कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव कुमार बिष्टले आठौं राष्ट्रिय खेलकुदलाई विगत भन्दा फरक ढंगले संचालन गर्न र उक्त प्रतियोगितालाई पारदर्शी, कमलागत र विवाद रहित भब्य रुपमा सम्पन्न गर्न प्रदेश संयोजक, कार्यालय प्रमुख र लेखा प्रमुखहरुलाई निर्देशन दिएका थिए ।
एक दिने उक्त कार्यक्रममा कोष तथा लेखा निर्देशना कार्यालय तथा महालेखा परिक्षणका प्रतिनिधीहरुले कार्यक्रममा उपस्थित ब्यक्तित्वहरुलाई आर्थिक दायरमा बसेर कार्य गर्नुका साथै लेखा चुस्त दुरुस्त राख्नुका साथै समयमै पेश्की फछ्र्यौट सम्वन्धि कार्य गर्न सुझाव प्रदान गरेका थिए ।















-1761641224925.jpeg&w=3840&q=75)
