कतारसँग पनि नेपालको जित
सोमबार, असोज २०, २०८२Admin User

काठमाडौं। नेपालले दोस्रो वार्म अप खेलमा पनि जित हात पारेको छ।
आईसीसी टी-२० विश्वकप छनोट खेल्न लागेको नेपालले सोमबार कतारलाई १६ रनले पराजित गरेको हो। यसअघि नेपालले घरेलु टोली ओमानलाई ६ विकेटले पाखा लगाएको थियो। नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको कतारले ६ विकेट गुमाउँदै १५४ रन मात्र बनाउन सक्यो।
कतारका मुहम्मद तनविरले सर्वाधिक ५१ रन बनाए। मोहम्मद ब्रइगले ४० र मुहम्मद असीमले ३० रन बनाए।
नेपालका करण केसीले सर्वाधिक तीन विकेट लिए। त्यसअघि अल अमारत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले ६ विकेट गुमाउँदै १७० रन बनाएको थियो।
ओपनर कुशल भुर्तेलले सर्वाधिक ५६ रन बनाए। कुशल मल्ल र दीपेन्द्रले समान ३८ रनको योगदान दिए। कतारका शारिक मुनिर र इक्रामुल्लाहले समान २ विकेट लिए।














