छोराकै कारण उत्कृष्ट फर्ममा छन् हाल्यान्ड !
-1759716648739.webp&w=3840&q=75)
काठमाडौं। एर्लिङ हाल्यान्डले आइतबार म्यान्चेस्टर सिटीका लागि निर्णायक गोल गर्दै क्लब र राष्ट्रिय टोलीका लागि ११ खेलमा १८ गोल पुर्याए। यो उपलब्धिसँगै उनले आफ्नो जीवनकै उत्कृष्ट फर्ममा पुग्न सहयोग गरेकोमा आफ्ना छोरालाई धन्यवाद दिए।
ब्रेन्टफोर्डको डिफेन्सलाई आफ्नो बल प्रयोग गर्दै ह्यालान्डले लो सट गोल गरे र सिटीलाई १–० को जित दिलाए। नर्वेका स्ट्राइकरले प्रिमियर लिगमा सिटीका लागि ७ खेलमा ९ गोल गरेका छन्।
च्याम्पियन्स लिगमा २ खेलमा ३ गोल र नर्वेका लागि २ खेलमा ६ गोल गरेका उनले मोल्डोवाविरुद्ध पाँच गोलको उत्कृष्ट प्रदर्शन पनि देखाएका थिए।
करियरकै उत्कृष्ट फर्ममा रहेका ह्यालान्डले भने, ‘म अहिलेसम्म कहिल्यै यसरी राम्रो महसुस गरेको थिइनँ भन्न सकिन्छ।’ २५ वर्षे ह्यालान्ड डिसेम्बरमा पहिलो पटक बुबा बनेका हुन्। उनले आफ्नो छोरालाई नै आफ्नो यो सानदार प्रदर्शनको मुख्य श्रेय दिएका छन्।
ह्यालान्डले थपे, ‘शारीरिक रूपमा तयार हुन सकिन्छ, तर मानसिक रूपमा पनि तयार रहन आवश्यक छ। बच्चा भएपछि म अझ राम्रो महसुस गर्छु किनभने म पहिलेभन्दा बढी डिस्कनेक्ट गर्न सक्छु। घर पुग्दा म फुटबलको बारेमा कम सोच्छु र अझ रिल्याक्स गर्छु। मेरो छोरालाई विशेष धन्यवाद दिन चाहन्छु।’
खेलमा ह्यालान्डले आफ्नो गोलको शैलीमा पनि खुसी व्यक्त गरे। जोस्को ग्वार्डियोलको लफ्टेड पास पछ्याउँदै उनले सेकेन्ड ब्याक सेप भान डेन बर्गलाई आफ्नो शक्ति प्रयोग गरेर हटाए र नाथन कोलिन्सलाई छेकेर नवौं मिनेटमा गोल गरे।
खेलको प्रारम्भमा भान डेन बर्गले ह्यालान्डसँग फिजिकल खेल खेलेकोले ब्रेन्टफोर्डका लागि चुनौती निम्त्याउन सक्थ्यो। ह्यालान्डले भने, ‘यसले मलाई सहयोग गर्यो। खेल अघि म अलिक थकित थिएँ र सोचें, यो कठिन खेल हुने छ। तर, १० सेकेन्डपछि उनले मलाई धकेल्न थाले र मलाई उत्साहित पनि बनाए। त्यसैले उनले मलाई त्यो गर्न प्रेरित गरे।’