हार्न थाल्यो बार्सिलोना
-1759715560284.webp&w=3840&q=75)
काठमाडौं। ला लिगामा उत्कृष्ट प्रदर्शन गरिरहेको बार्सिलोना पराजित भएको छ। यस सिजन सिभियाको सामना गर्नुअघि बार्सिलोना अपराजित थियो। तर, सोमबारको खेलमा सिभियाले ४-१ गोलले सानदार जित दर्ता गर्यो।
बार्सिलोना पूर्वविंगर सान्चेजले खेलको १३औं मिनेटमा पेनाल्टीबाट गोल गर्दै सिभियालाई अग्रता दिलाए। पहिलो हाफको ३६औं मिनेटमा सिभियाका रोमारोले दोस्रो गोल थपे। बार्सिलोनाका डिफेन्डर कुन्डेले मिडफिल्डमा बल गुमाउँदा सिभियाले काउन्टर आक्रमणबाट गोल पायो।
तर, पहिलो हाफको अन्त्यमा बार्सिलोना पेड्रीको क्रसमा रासफोर्डले गोल गर्दै एक गोल फर्कायो।
दोस्रो हाफमा बार्सिलोना राम्रो खेले पनि थप दुई गोल खान बाध्यता भयो। ७६औं मिनेटमा बराबरी फर्काउने अवसर पाएको बार्सिलोना पेनाल्टीमा गोल गर्न सकेन। रोवर्ट लेवन्डोस्कीले उक्त अवसर गुमाए। त्यसपछि टोलीलाई खेल सम्हाल्न कठिन भयो।
खेलको अन्तिम मिनेटमा होस एन्जेल कारमोना र थप समयको छैटौं मिनेटमा एकोर एडम्सले गोल गर्दै सिभियाको जित पक्का गरे।
यस हारसँगै बार्सिलोनाले टेबलको शीर्ष स्थान गुमाएको छ। आठ खेलमा १९ अंकसहित हेन्सी फ्लिकको टोली दोस्रो स्थानमा रहेको छ। समान खेल खेलेको सिभियाले १३ अंकसहित सातौं स्थानमा छ।