राष्ट्रिय टोलीमा पुरानै अनुहार
आइतबार, असोज १९, २०८२Admin User

काठमाडौं। मुख्य प्रशिक्षक म्याट रसले पुरानै अनुहारलाई समेट्दै एएफसी एसियन कप छनोट २०२७ अन्तर्गत भियतनामविरुद्ध हुने दुई खेलका लागि टोली घोषणा गरेका छन्।
उनले आइतबार घोषणा गरेका टोलीमा हङकङसँग खेलेका खेलाडीले नै निरन्तरता पाएका छन्।
-1759635379341.jpg)
छनोटअन्तर्गत भियतनामसँग नेपालले अक्टोबर १४ मा एक खेल घरेलु मैदानमै खेल्नुपर्ने थियो। तर, त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको मैदान अयोग्य भएपछि नेपालले उक्त अवसर गुमाएको हो।
योसँगै नेपालले ‘होम गेम’ हो ची मिन्ह सिटीको थों न्हाट रंगशालामा १४ अक्टोबरमा खेल्नेछ। त्यसअघि नेपालले अक्टोबर ९ मा बिन दुंग रंगशालामा ‘अवे’ खेल खेल्नेछ।