चेल्सीसँग लिभरपुल स्तब्ध
शनिबार, असोज १८, २०८२Admin User

काठमाडौं । अन्तिम समयमा सम्हालिन नसक्दा लिभरपुल प्रिमियर लिगमा चेल्सीसँग स्तब्ध बनेको छ ।
प्रिमियर लिगको शनिबारको खेलमा चेल्सीले लिभरपुललाई २–० ले हराएको हो ।
चेल्सीले घरेलु मैदानमा मोइसेस काइसेडोको गोलमा अग्रता बनाएको थियो ।
लिभरपुल दोस्रो हाफमा कोडी गाक्पोको गोलमा खेलमा फर्किएको थियो । थपिएको अतिरिक्त समयमा एस्टेवाओले गोल गर्दै लण्डन क्लबलाई जित दिलाए ।
जित सहित चेल्सीले ७ खेलबाट ११ अंक जोडेर तालिकाको छैटौं स्थानमा रहेको छ । दोस्रो स्थानको लिभरपुलको १५ अंक छ । उसले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ ।
शनिबारनै आर्सनलले वेस्ट ह्यामलाई १–० ले हराएर महत्वपूर्ण तीन अंक जोड्यो । म्यानचेस्टर युनाईटेडले समेत सिजनको तेस्रो जित निकाल्ने क्रममा सन्डरल्याण्डलाई २–० ले हरायो ।