विश्वकपको फुटबलमा एआईको प्रयोग

काठमाडौं । कृत्रिम बुद्धिमत्ता अर्थात एआईबाट निर्मित फिफा विश्वकपको बल सार्वजनीक गरिएको छ । सो विश्वकपमा खेलाईने बलले ह्यान्ड बल र अफसाईडको निर्णय लिन सहयोग गर्नेछ ।
एडिडासको ‘ट्रियोन्डा’ अर्थात् ‘तीन छालहरू’ नाम दिइएको यो बलले खेलाडी मात्र नभई खेल अधिकारीलाई पनि सहयोग गर्ने उद्देश्यले तयार गरिएको हो । जसको भित्री प्रविधिले अफसाइड र ह्यान्डबलको निर्णयमा सहयोग गर्नेछ।
सेतो, रातो, नीलो र हरियो रंगको मिश्रणले आयोजक मुलुक अमेरिका, क्यानडा र मेक्सिकोका रंगहरूलाई प्रतिनिधित्व गरेको छ । यो सन् २०१४ को ‘ब्रेजुका’ बलसँग केही हदसम्म मेल खान्छ। डिजाइनमा अमेरिकाका लागि नीलो तारा, क्यानडाका लागि रातो मेपल पात, र मेक्सिकाका लागि हरियो गरुडलाई समावेश गरिएको छ ।
एडिडास फुटबलका महाप्रबन्धक स्याम ह्याण्डीले भनेका छन्, “यो सबैभन्दा खेलमैत्री विश्वकप बल हो। यो एउटा उत्कृष्ट कलाकृति हो जुन समाउन, हेर्न र विशेषगरी खेल्न मन गर्नेछौं ।”
कम्पनीका अनुसार यसमा चिप प्रणाली जडान गरिएको छ, जुन एडिडासको ‘कनेक्टेड बल टेक्नोलोजी’ को नयाँ रुप हो । यसले भार प्रणालीमा डेटा पठाउँछ। खेलाडीहरूको पोजिसनको डेटा र एआईको सहयोगमा यसले अफसाइड वा ह्यान्डबलजस्ता निर्णय लिन छिटो र सजिलै बनाउन सहयोग गर्ने बताईएको छ ।
अघिल्ला विश्वकप बलहरूझैं यसलाई पनि “हावामा स्थिर रहने” सुनिश्चित गरी बनाइएको छ। सन् २०१४ को विश्वकप बाहेक पछिल्ला प्रतियोगिताका बललाई खेलाडीहरुले प्रायः अप्रत्याशित रुपमा उड्ने भएका कारण आलोचना गरेका थिए।