नेपालको खराब सुरुआत
२०२५ सेप्टेम्बर २७, शनिबार: ०३:०४ अपराह्नAdmin User

विश्वास थापा, शारजाह (युएई)। नेपाली राष्ट्रिय क्रिकेट टोलीले वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक टी-२० आई सिरिजमा फितलो सुरुआत गरेको छ।
शारजाह क्रिकेट अन्तर्राष्ट्रिय रंगशालामा टेस्ट राष्ट्र वेस्ट इन्डिजका कप्तान अकिल हुसेनले टस जितेर पहिला नेपाललाई ब्याटिङको निम्तो दिएका छन्। तर, नेपालले पहिलो पावर प्लेमा राम्रो सुरुआत गर्न सकेन। नेपालले दुई विकेट गुमाउँदै जम्मा ३५ रन बनायो।
ओपनर कुशल भुर्तेल तेस्रो ओभरको पहिलो बलमै क्याच बिहाइन्ड द विकेट भए। ११ बलमा एक चौकासहित ६ रन बनाएका उनी हुसेनको बलमा अमिर जाङ्गोबाट क्याच भएका हुन्।
लगत्तै अर्का ओपनर आसिफ पनि क्याच भए। चार बलमा तीन रन बनाएका उनी जोसन होल्डरको बलमा ओबेड म्याकोयबाट क्याच भएका हुन्।