बुधबार, २५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

अन्डरडग भर्सेस पावरहाउस

शनिबार, ११ आश्विन २०८२Admin User
अन्डरडग भर्सेस पावरहाउस
Loading ad...
mustang rice ad

विश्वास थापा, शारजाह। नेपाली क्रिकेटको यात्रामा शनिबार ऐतिहासिक अध्याय थपिँदैछ।

पहिलोपल्ट नेपालले टी–२० क्रिकेटका महाशक्ति वेस्ट इन्डिजसँग तीन खेलको अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ। झन्डै तीन दशक लामो अन्तर्राष्ट्रिय यात्रामा नेपालले कुनै टेस्ट राष्ट्रसँग खेलेको यो पहिलो द्विपक्षीय सिरिज हुने भएकाले यसलाई माइलस्टोनको रूपमा लिइएको छ।

गत वर्ष अमेरिका र वेस्ट इन्डिजमा सम्पन्न अघिल्लो संस्करणको टी–२० विश्वकपमा देखाएको प्रदर्शनपछि नेपाल क्रिकेटले अन्तर्राष्ट्रिय स्तरमा सबैको ध्यान खिच्न सफल भएको थियो। त्यसैले युएईको शारजाह अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने यो तीन खेलको सिरिजले पनि विश्व क्रिकेट समुदायको ध्यान पुन: एकपल्ट खिच्ने अपेक्षा गरिएको छ।

नेपाल क्रिकेट संघ (क्यान) सचिव पारस खड्का भन्छन्, ‘शारजाह एउटा आइकोनिक भेन्यु हो, जहाँ नेपालले विगतमा पनि फरक–फरक प्रतियोगितामा आफ्नो उपस्थिति जनाएको छ। यो सिरिज हामीलाई उदाउँदो राष्ट्रको रूपमा विश्वलाई आफ्नो क्षमता देखाउने अवसर दिनेछ।’

नेपालले अहिलेसम्म ८ पटक मात्र टेस्ट राष्ट्रसँग टी–२० आई खेल खेलेको छ। यस क्रममा नेपालले बंगलादेश, आयरल्यान्ड र जिम्बाबेसँग समान दुई–दुई पटक तथा भारत र दक्षिण अफ्रिकासँग एक–एक पटक प्रतिस्पर्धा गरेको छ। पटक–पटक जितको संघारमा पुगेर पनि नेपालले अहिलेसम्म नतिजा आफ्नो पक्षमा पार्न सकेको छैन। यस सिरिजमा नेपाल टेस्ट राष्ट्रलाई पराजित गर्दै नयाँ इतिहास रच्ने दाउमा छ, जसले भविष्यमा अझ धेरै अवसरका ढोका खोल्न सक्छ।

कप्तान रोहित पौडेल पनि यसैमा आशावादी देखिन्छन्। उनी भन्छन्,‘यो सिरिजपछि धेरै अवसर खुल्छ भन्ने लाग्छ। टेस्ट राष्ट्रसँगको यो पहिलो द्विपक्षीय सिरिज हाम्रो लागि ऐतिहासिक हो। यसपछि पनि यस्ता सिरिज खेल्ने सम्भावना बढ्छ। नतिजा हाम्रो लागि निकै महत्वपूर्ण छ, किनकि यसले विश्व क्रिकेटमा हाम्रो छाप छोड्नेछ।’

नेपालका लागि यो सिरिज आगामी टी–२० विश्वकप छनोटको अन्तिम तयारी पनि हो। आगामी महिना ओमानमा हुने एसिया छनोट अघि दुई पटकका विश्व विजेता वेस्ट इन्डिजसँग खेल्नु आफैंमा ठूलो अनुभव हो। वेस्ट इन्डिजको टोलीमा कप्तान अकिल होसिनसँगै जेसन होल्डर, काइल मेयर्स, फाबियन एलन र ओबेड म्याकोयजस्ता स्टार खेलाडी छन्।

वेस्ट इन्डिज क्रिकेटमा विशेषगरी टी–२० ढाँचामा ‘पावरहाउस’ मानिन्छ। उसको आक्रामक ब्याटिङ शैली कै कारण विश्वका प्रायः सबै टी–२० लिगमा क्यारिबियन खेलाडीको वर्चस्व देखिन्छ। वेस्ट इन्डिजले सन् २०१२ र २०१६ मा दुई पटक टी–२० विश्वकप उपाधि जितिसकेको छ। नेपालले भने अहिलेसम्म सन् २०१४ र २०२४ मा मात्रै टी–२० विश्वकपमा सहभागिता जनाउन सकेको छ।

नेपाल अहिले विश्व क्रिकेटमा ‘अन्डरडग’ को रूपमा उदाउँदै गरेको एसोसिएट राष्ट्र हो। वेस्ट इन्डिज टी–२० क्रिकेटको अनुभवी ‘पावरहाउस’ हो। त्यसैले यो सिरिजलाई सबैले ‘अन्डरडग भर्सेस पावरहाउस’को रोमाञ्चक भिडन्तका रूपमा हेरिरहेका छन्।

यद्यपि, वेस्ट इन्डिजसँग नेपालको यो पहिलो भेट भने होइन। सन् २०२३ मा जिम्बाबेमा भएको आइसीसी एकदिवसीय विश्वकप छनोटमा यी दुई टोली पहिलो पटक आमनेसामने भएका थिए, जहाँ नेपाल १०१ रनले पराजित भएको थियो। त्यसपछि गत वर्ष नेपालले घरेलु मैदानमा वेस्ट इन्डिज ‘ए’ टिमसँग पाँच टी–२० खेलको सिरिज खेलेको थियो।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा घरेलु समर्थकबीच पहिलो खेलमा कप्तान रोहित पौडेलको शतकीय इनिङ्ससँगै नेपालले शानदार जित निकालेको थियो। तर, सिरिजमा भने नेपाल ३–२ ले पराजित भयो।

यसपटक भने चुनौती अझ ठूलो छ। अनुभवी र आक्रामक वेस्ट इन्डिजविरुद्ध नेपालले आफ्नो योजना र आत्मविश्वास देखाउनुपर्नेछ। तर, इतिहासले पनि भन्छ—हर एक ‘अन्डरडग’सँग ‘पावरहाउस’लाई चकित पार्ने क्षमता हुन्छ। त्यसैले शारजाहमा आज कुन कथा लेखिनेछ त्यो खेलपछि नै देखिनेछ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

हार्दिकको पुनरागमनको अपेक्षा

हार्दिकको पुनरागमनको अपेक्षा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

कराते वान प्रिमियर लिग खेल्दै एरिका

कराते वान प्रिमियर लिग खेल्दै एरिका