काठमाडौं। साबिक उपविजेता ललितपुर क्विन्सले एभरेस्ट महिला भलिबल लिगमा लगातार दोस्रो जित हात पारेको छ।
पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा शनिबार भएको भ्याली डर्बी खेलमा ललितपुरले काठमाडौं स्पाईकर्सलाई सोझो सेटमा पाखा लगाएको हो।
लगातार दुई खेल जित्दै ६ अंक जोडेको ललितपुर शीर्ष स्थानमा छ। ललितपुरले काठमाडौंलाई २५–१९, २५–२३, २५–२१ ले पराजित गरेको हो।
ललितपुरले पहिलो खेलमा पनि मधेश युनाइटेडलाई सोझो सेटमा पराजित गरेको थियो।