ज्ञान निकेतनको दोहोरो जित
सोमबार, २१ माघ २०७५खेलपाटी संवाददाता
काठमाडौं । ज्ञान निकेतनले आठौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा सोमबार दोहोरो जित हात पारेको छ । ज्ञान निकेतन सिनियर र जुनियर ब्वाइजमा विजयी भयो ।
सिनियर ब्वाइजमा ज्ञान निकेतनले रेडिअन्टलाई ५७–४३ ले पराजित गर्यो । ज्ञान निकेतनका सम्राट भूमिले ३१ अंक जोडे । जुनियर ब्वाइजमा ज्ञान निकेतनले पुष्पसदनलाई २५–१८ ले हरायो । विजेताका सरोज थापाले १२ अंक जोडे ।
सिनियर ब्वाइजको अन्य खेलमा विल्सन एकेडेमीले स्वप्न वाटिकालाई ४०–३० ले पन्छायो । जुनियर ब्वाइजमा राराहिलले स्वप्न वाटिकालाई १२–८ तथा आयोजक इनोभेटिभले ओडिसीलाई १७–१० ले पाखा लगाए । विज किड्स विरुद्ध सिनियर गल्र्समा विल्सन १६–१२ ले विजयी भयो ।









%20(1)-1765977079083.jpeg&w=3840&q=75)




%20(2)-1765947464452.png&w=3840&q=75)