• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
च्याम्पियन्स लिग : पीएसजी र बार्सिलोना एकै पोर्टमा
खेलपाटी संवाददाता
२ घण्टा अगाडि खेलपाटी संवाददाता
च्याम्पियन्स लिग : पीएसजी र बार्सिलोना एकै पोर्टमा

काठमाडौं। युरोपेली फुटबलका ठूला क्लबदेखि नयाँले पनि यसपटक आफ्नो च्याम्पियन्स लिगको पहिलो चरणमा प्रतिद्वन्द्वी पाउने भएका छन्। ड्रको कार्यक्रम अर्को बिहीबार मोनाकोमा हुनेछ।

समुद्रकिनारको एक कनसर्ट हलमा बेलुकी ६ बजेबाट ड्र सुरु हुनेछ। यसमा हालको च्याम्पियन पेरिस सेन्ट–जर्मेन (पीएसजी) र पहिलोपटक सहभागी बनेको साइप्रसको पाफोस सामेल छन्।

१५ पटकको रेकर्डधारी च्याम्पियन रियल मड्रिड र पहिलोपटक आएका कजाखस्तानको कायरात अल्माटी पनि छन्। यसैगरी इङ्लिस च्याम्पियन लिभरपुल र आर्कटिक सर्कलभित्रबाट आएको नर्वेको बोडो/ग्लिम्ट पनि छन्।

जनवरीमा अल्माटी र बोडोमा हुने खेल प्रतियोगिताको इतिहासमै सबैभन्दा चिसो हुने अनुमान छ। साथै भ्रमण गर्ने टोलीका लागि सबैभन्दा लामो यात्रामध्ये एक हुनेछ।

यस पटक एसी मिलान र म्यानचेस्टर युनाइटेड भने छनोट हुन असफल भएका छन्। यो ३६ टोलीले आठ–आठ फरक प्रतिद्वन्द्वीसँग खेल्ने र एउटै तालिकामा अंक बाँध्ने दोस्रो सिजनको लिग–फेज ढाँचा हो।

टोलीहरूलाई पछिल्ला पाँच सिजनमा युरोपेली प्रतियोगितामा देखाएको प्रदर्शनका आधारमा ४ वटा पोटमा राखिएको छ। हरेक टोलीले प्रत्येक पोटबाट दुई–दुई प्रतिद्वन्द्वी पाउने गरी तालिका बनाइन्छ।

खेलहरू सेप्टेम्बर १६ बाट सुरु भएर जनवरी २८ मा समूह चरण सकिनेछ। अन्तिम तालिकाको शीर्ष ८ टोली सीधा राउन्ड अफ १६ मा पुग्नेछन्। 

त्यसपछि नवौंदेखि २४औं स्थानमा रहेका टोलीहरूले फेब्रुअरीमा प्लेअफ खेल्दै बाँकी आठ स्थानका लागि प्रतिस्पर्धा गर्नेछन्। अन्तिम १२ टोली भने प्रतियोगिताबाट बाहिरिनेछन्।

ड्र पोट
पोट १:

पेरिस सेन्ट–जर्मेन (फ्रान्स), रियल मड्रिड (स्पेन), म्यानचेस्टर सिटी (इङ्ल्यान्ड), बायर्न म्युनिख (जर्मनी), लिभरपुल (इङ्ल्यान्ड), इन्टर मिलान (इटाली), चेल्सी (इङ्ल्यान्ड), बोरुसिया डर्टमन्ड (जर्मनी), बार्सिलोना (स्पेन)।

पोट २:
आर्सनल (इङ्ल्यान्ड), बायर लेभरकुजेन (जर्मनी), एट्लेटिको मड्रिड (स्पेन), बेनफिका (पोर्चुगल), एटालान्टा (इटाली), भिल्लारियल (स्पेन), युभेन्ट्स (इटाली), आइन्ट्राख्ट फ्रान्कफर्ट (जर्मनी), क्लब ब्रुग (बेल्जियम)।

पोट ३:
टोटेनह्याम (इङ्ल्यान्ड), पीएसभी आइन्धोभेन (नेदरल्यान्ड्स), आयाक्स (नेदरल्यान्ड्स), नापोली (इटाली), स्पोर्टिङ लिस्बन (पोर्चुगल), ओलिम्पियाकस (ग्रीस), स्लाभिया प्राग (चेक गणतन्त्र), बोडो/ग्लिम्ट (नर्वे), मार्से (फ्रान्स)।

पोट ४:
कोपेनहेगन (डेनमार्क), मोनाको (फ्रान्स), गालातासाराय (टर्की), युनियन सेन्ट–गिल्लोइस (बेल्जियम), काराबाख (अजरबैजान), एथलेटिक बिल्बाओ (स्पेन), न्यूक्यासल (इङ्ल्यान्ड), पाफोस (साइप्रस), कायरात अल्माटी (कजाखस्तान)।
 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुमनले माल्दिभ्सको लिग खेल्ने
सुमनले माल्दिभ्सको लिग खेल्ने
नेपाल खेलकुदको दोस्रो जित
नेपाल खेलकुदको दोस्रो जित
च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरियो एपिएफ
च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरियो एपिएफ
एपिएफले पहिलो हाफमै खायो २ गोल
एपिएफले पहिलो हाफमै खायो २ गोल
प्रीतिसम्मिलित इत्तिहादको पहिलो जित
प्रीतिसम्मिलित इत्तिहादको पहिलो जित
बंगलादेशले थाइल्यान्डमा दुईवटा मैत्रीपूर्ण खेल खेल्ने
बंगलादेशले थाइल्यान्डमा दुईवटा मैत्रीपूर्ण खेल खेल्ने
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
च्याम्पियन्स लिग : पीएसजी र बार्सिलोना एकै पोर्टमा
च्याम्पियन्स लिग : पीएसजी र बार्सिलोना एकै पोर्टमा
सुमनले जिते र्‍यापिड चेसको उपाधि
सुमनले जिते र्‍यापिड चेसको उपाधि
सुमनले माल्दिभ्सको लिग खेल्ने
सुमनले माल्दिभ्सको लिग खेल्ने
नेपाल खेलकुदको दोस्रो जित
नेपाल खेलकुदको दोस्रो जित
च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरियो एपिएफ
च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरियो एपिएफ
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP