काठमाडौं। नेपाल खेलकुद क्लबले एन्फा महिला लिगमा सहज जित निकालेको छ।
च्यासल रंगशाला बिहीबार सम्पन्न खेलमा बुटवल लुम्बिनी एफसीलाई ६–१ ले पराजित गरेको हो।
नेपाल खेलकुदलाई जित दिलाउन सुनिता सुनार, दिलकुमारी मगर, यशोदाकुमारी चिराल, रवीना गोले र मञ्जलीकुमारी योञ्जनले गोल गरे।
एक गोल आत्मघाती उपहारस्वरुप प्राप्त भएको थियो। बुटवलका बविताकुमारी बोहराले १ गोल फर्काइन्। लगातार दोस्रो जितसँगै नेपाल खेलकुदले ४ खेलमा ६ अंक जोडेको छ।
दोस्रो हार बेहोरेको बुटवलको पनि समान खेलबाट ६ अंक नै छ।