काठमाडौं। विभागीय टोली एपिएफ एएफसी च्याम्पियन्स लिगको प्रारम्भिक चरणबाटै बाहिरिएको छ।
उज्बेकिस्तानस्थित मार्कजियी स्टेडियममा बिहीबार सम्पन्न समूह ‘बी’ को दोस्रो खेलमा कलेज अफ एसियन स्कलरसँग ४–० ले पराजित भएसँगै एपिएफ प्रतियोगिताबाट बाहिरिएको हो।
जारी प्रतियोगितामा एपिएफको यो दोस्रो हार हो। पहिलो खेलमा नासाफसँग एपिएफ ३–० ले पराजित भएको थियो। एपिएफले अब आइतबार अल–नसारसँग खेल्ने छ। स्कलर भने लगातार दोस्रो जित प्रतिस्पर्धा गरिरहेको छ।
पहिलो खेलमा अल– नसारलाई २–० ले पराजित गरेको स्कलर शीर्ष स्थानमा उक्लिएको छ।