मंगलबार, मंसिर १७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेल संस्था
Bhat Bhateni Supermarket Ad

नारायण देव लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा उठ्ने

बुधबार, ११ भाद्र २०८२खेलपाटी संवाददाता
नारायण देव लोकतान्त्रिक खेलकुद संघको अध्यक्षमा उठ्ने
Classic Tech Internet Ad

काठमाडौं। कराते खेलाडी तथा प्रशिक्षक रहिसकेका नारायण देव राणाले नेपाल लोकतान्त्रिक खेलकुद संघको हुन लागेको निर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

११ वर्ष अगाडि गठित नेपाली काँग्रेसको खेलकुदको भातृ संगठनको रुपमा रहेको लोकतान्त्रिक खेलकुद संघको यहि भदौ २२ गते निर्वाचन हुंदैछ। निर्वाचनमा देशभरीबाट ९ सय वढी खेलकुदमा आवद्ध ब्यक्तिहरुले मतदान गर्नेछन्। 

राणा नेपाली कांग्रेस ललितपुर क्षेत्र नम्बर ३ का महाधिवेशन प्रतिनिधि हुन्। 

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्।

घोषणा समारोहमा उनको समर्थन गर्न थुप्रै ब्यक्तिहरुको उपस्थिति थियो। जसमा बाग्मती प्रदेशका पुर्व खेलकुद मन्त्री मीनकृष्ण महर्जन, ललितपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विनोद महर्जन,  नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, करातेका प्रमुख प्रशिक्षक दीपक श्रेष्ठ माने, करातेका स्वर्णधारी खेलाडी गंगाराम महर्जन, आठौं साफका स्वर्णधारी रबि महर्जन लगायत थिए। 

उक्त बेला राणाले घोषणा गर्दै भने, 'खेलकुद विकासको ठूलो जिम्मेवार निकाय रहेर पनि विगतमा हाम्रो संगठनले खेलकुद क्षेत्रमा खासै प्रभावकारी काम गर्न सकेको देखिएन। मेरो उम्मेदवारी निस्कृय संघलाई चलायनमान बनाउने र उदेश्य छुने हो।'

सोही अवसरमा पुर्व मन्त्री महर्जनले खेलकुद क्षेत्रमा गर्ने प्रशस्त कामहरु भएता पनि विगतको नेतृत्व असक्षम बनेकोले लोकतान्त्रिक खेलकुद संघ जोगाउन राणाको समर्थनमा आएको बताए। 

उनले भने, 'पुरानो नेतृत्वले काम नै गरेन। काम गर्ने सक्षम ब्यक्ति त चाहियो नी। राणामा त्यो क्षमता छ।'

खेलाडी र प्रशिक्षकका रुपमा नेपाली खेलकुदमा राणाको बेग्लै परिचय छ। 

राष्ट्रिय खेलकुद परिषद कर्मचारी संघमा सन् २००७ र सन् २०१० मा गरी दुई पटक अध्यक्षको जिम्मेवारी गर्दा उनले आफ्नो नेतृत्व क्षमता पुस्टी गरेका थिए। 

यसअघि कराते खेलाडीका रूपमा सन् १९८५ देखि १९९९ सम्म सक्रिय रहँदै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाललाई पदक दिलाएका राणाले १९९२ मा काठमाडौंमा भएको दोस्रो दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण तथा १९९१ मा एशियन एसकेएफ शिखर कराते डो च्याम्पियनसिपमा कांस्य पदक जितेका थिए। 

सक्रिय खेल जीवनपछि उनले प्रशिक्षकको रूपमा २००६ दोहा एसियाड, २०१२ हडकड र २०१८ इन्डोनेशिया एशिया प्यासिफिक कराते प्रतियोगितामा नेपाली टोलीलाई नेतृत्व गरेका थिए। 

साथै, करातेको अन्तर्राष्ट्रिय रेफ्रीको रूपमा पनि उनले लामो समय योगदान गरेका छन्। नेपाली खेलकुद नेतृत्वमा अनुभवी उनले २०१५ देखि नेपाल कुस्ती संघको अध्यक्षको जिम्मेवारी सम्हालेका थिए।

Bajaj Pulsar Motorcycle Ad
#लोकतान्त्रिक खेलकुद संघ

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

राखेपको रिक्त बोर्ड सदस्य नियुक्तिको तयारी

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

किड्स एथ्लेटिक्स ट्रेनर कार्यक्रममा बिमला

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

एसियन पावर लिफ्टिङका पदक विजेता सम्मानित

Bajaj Pulsar Motorcycle Ad
विश्व पावरलिफ्टिङमा नेपाललाई २६ स्वर्ण

विश्व पावरलिफ्टिङमा नेपाललाई २६ स्वर्ण

नेपाल दोस्रो मैत्रीपूर्ण खेलमा पनि पराजित

नेपाल दोस्रो मैत्रीपूर्ण खेलमा पनि पराजित

पोखराको दोस्रो जित, कर्णालीको लगातार चौथो हार

पोखराको दोस्रो जित, कर्णालीको लगातार चौथो हार

एनपीएल कि स्थानीय मेला?

एनपीएल कि स्थानीय मेला?

कुशलले हानेको बलले लागेर शर्मिला घाइते, बल्खुमा उपचार हुँदै

कुशलले हानेको बलले लागेर शर्मिला घाइते, बल्खुमा उपचार हुँदै

चितवनमाथि सानदार जित, जनकपुरको प्लेअफ यात्रालाई कायमै

चितवनमाथि सानदार जित, जनकपुरको प्लेअफ यात्रालाई कायमै

म्याक्सवेल र मोइन अलीले आइपीएलको अक्सनबाट फिर्ता लिए नाम

म्याक्सवेल र मोइन अलीले आइपीएलको अक्सनबाट फिर्ता लिए नाम

जनकपुरलाई चुनौतीपूर्ण लक्ष्य

जनकपुरलाई चुनौतीपूर्ण लक्ष्य