काठमाडौं। नेपालले टप इन्ड टी–२० सिरिजको अन्तिम खेलमा पाकिस्तान शाहीन्ससँग टस हारेको छ।
डार्बिनको मरारा क्रिकेट ग्राउन्ड २ मा पाकिस्तानी कप्तान इरफान खानले टस जितेका हुन्। योसँगै नेपालले फिल्डिङको निम्तो पाएको छ।
नेपालले ५ खेल खेल्दा ३ हार र २ जितको नतिजा निकालेको छ।
यसअघि नर्दर्न टेरिटोरी स्ट्राइकरसँग ४२, बंगलादेश ‘ए’ सँग ३२ र मलेबर्न स्टार्स एकेडेमीसँग नेपाल ३१ रनले पराजित भएको थियो। होबर्ट हुरिक्यान्स एकेडेमीविरुद्ध ६६ र मेलबर्न रेनेगेड्स एकेडेमीविरुद्ध ३३ रनको जित निकालेको थियो।