सोमपाल चम्किँदा नेपालको लगातार दोस्रो जित
बुधबार, भदौ ४, २०८२खेलपाटी संवाददाता

काठमाडौं। तीव्र गतिका बलर सोमपाल कामीले ५ विकेट लिएसँगै नेपालले टप इन्ड टी-२० सिरिजमा लगातार दोस्रो जित हात पारेको छ।
बुधबार सम्पन्न खेलमा नेपालले मेलबर्न रेनेगेड्सलाई रनले पराजित गरेको हो। योसँगै नेपालले ५ खेलबाट ४ अंक जोडेको छ। नेपालले यसअघि हाबार्ट हेरिकेन्सलाई ६६ रनले पराजित गरेको थियो।
नेपालले दिएको १४० रनको सामान्य लक्ष्य पछ्याएको मेलबर्नले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १०६ रन मात्रै बनाउन सक्यो।
मेलबर्नका अर्जुन नायरले सर्वाधिक २६ रन बनाए। २२ बल खेलेका उनले २ चौका र १ छक्का प्रहार गरे। जय लेमिरे १८ र ह्यारी डिक्सन १६ रनमा आउट भए।
नेपालका सोमपालले सर्वाधिक ५ विकेट लिए। ४ ओभर बलिङ गरेका उनले १७ रन खर्चिए। कुशल भुर्तेलले २ तथा शहाब आलम र रुपेश सिंहको नाममा समान १/१ विकेट रह्यो।













