काठमाडौं। साफ महिला यु–१७ च्याम्पियनसिपअन्तर्गत पहिलो खेलमा भारतविरुद्ध खेल्ने नेपाली टोलीको सुरुआती ११ सार्वजनिक गरिएको छ।
मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले अनुभवी खेलाडी समेट्दै सुरुआती ११ सार्वजनिक गरेका हुन्।
उनले गत वर्ष घरेलु मैदानमा साफ महिला यु–१६ च्याम्पियनसिप खेलेका गोलकिपर झर्ना डुमराकोटीसहित यामकुमारी विक, ग्यान्शु डोल्मा लो, मीनमाया श्रेष्ठ, अंशु विश्वकर्मा, डिकी स्याङ्बो तामाङ, एन्जिलाकुमारी विक र भूमिका बूढाथोकीलाई सुरुआती ११ मै उतारेका हुन्।
