मंगलबार, कार्तिक २६, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

फ्लुमिनेन्सका गोलकिपरले धेरै खेल खेलेर बनाए विश्व कीर्तिमान

बिहिबार, भदौ ५, २०८२खेलपाटी संवाददाता
फ्लुमिनेन्सका गोलकिपरले धेरै खेल खेलेर बनाए विश्व कीर्तिमान
Classic Tech Internet Ad

काठमाडौं। फ्लुमिनेन्सका गोलकिपर फाबियोले पुरुष फुटबलमा सबैभन्दा धेरै प्रतिस्पर्धात्मक खेल खेलेर विश्व कीर्तिमान कायम गरेका छन्। ४४ वर्षीय ब्राजिलियन गोलकिपरले एक हजार ३९१औं खेल खेल्दै इङ्ल्यान्डका पूर्वगोलकिपर पिटर शिल्टनको कीर्तिमान भंग गरेका हुन्।

गत शनिबार शिल्टनको बराबरी गरेका फाबियोले माराकाना रंगशालामा अमेरिक डी कालीविरुद्धको २–० को जितसँगै उक्त कीर्तिमान तोडेका हुन्। फ्लुमिनेन्स र ब्राजिलियन सञ्चारमाध्यमका अनुसार अब फाबियो इतिहासमै अग्रस्थानमा पुगेका छन्। यद्यपि, फिफा वा दक्षिण अमेरिकी फुटबल महासंघले यसलाई आधिकारिक कीर्तिमानको मान्यता भने दिएका छैनन्।

‘कहिलेकाहीँ हामीलाई यस्ता महत्त्वपूर्ण उपलब्धि हासिल गर्दा त्यसको वास्तविक महत्व तत्काल थाहा हुँदैन। यो कीर्तिमान धेरै वर्षसम्म कायम थियो र यसलाई तोड्न पाउनु निकै ठूलो कुरा हो,’ फाबियोले कोपा सुदामेरिकाना अन्तर्गत अन्तिम १६ को दोस्रो चरणमा ‘क्लिनसिट’ राखेपछि भने।

माराकानामा उपस्थित घरेलु समर्थकहरूले फाबियो ब्राजिलको उत्कृष्ट गोलकिपर भन्दै नाराबाजी गरेका थिए। फ्लुमिनेन्सका प्रशिक्षक रेनाटो गाउचोले भने,‘यति धेरै खेल खेल्न असाधारण व्यवसायिकपन चाहिन्छ। उनले अझै लामो समय खेल्नेछन् भन्नेमा कुनै शंका छैन। उनको यो कीर्तिमान अरूले तोड्न निकै कठिन हुनेछ।’

फाबियोले २०२३ मा फ्लुमिनेन्ससँगै कोपा लिबर्टाडोरेस जितेका थिए र यसै वर्ष अमेरिकामा भएको क्लब विश्वकपको सेमिफाइनलसम्म पुगेका टोलीका सदस्यसमेत थिए। उनले करिअरको सबभन्दा लामो समय क्रुजेरोसँग बिताउँदै २००५ देखि २०२२ सम्म ९७६ खेल खेले। 

यसअघि उनले उनियाओ बन्देइरान्तेसँग ३० र भास्को दा गामासँग १५० खेल खेलेका थिए। अमेरिक डी कालिविरुद्धको खेल उनको फ्लुमिनेन्सका लागि २३५औं उपस्थिति थियो।

फाबियोले आफ्नो करिअर सन् १९९७ मा सुरु गरेका थिए, जुन वर्ष पिटर शिल्टनले सन्न्यास लिएका थिए। शिल्टनका अनुसार उनले एक ३८७ खेल खेलेका थिए भने गिनिज वर्ल्ड रेकर्ड्सले भने एक हजार ३९० खेल भएको जनाएको छ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

Bajaj Pulsar Motorcycle Ad
नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

नेपाल र भारतसँग खेल्न ढाका आइपुगे हम्जा

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

एपीएफलाई हराउँदै पुलिसले उचाल्यो झापा गोल्डकपको उपाधि

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

मन्त्रिपरिषद्ले दियो फागुन पहिलो सात दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता गर्न स्वीकृति

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

फुटबलमा चलेको प्रदर्शन र प्रहसन 

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले  ७ करोड रुपैयाँ बढी दिने

दशौं खेलकुद प्रतियोगिताका लागि सरकारले ७ करोड रुपैयाँ बढी दिने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

एनपीएलको उद्घाटन खेलमा जनकपुर र काठमान्डु भिड्ने

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

काठमान्डु गोर्खाज र केआईईसीबीच सम्झौता

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो

एन्फाले प्रत्यक्ष प्रसारण गर्न अस्वीकार गरेपछि फुटबल खेलाडीसँगको वार्ता भाँडियो