काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले ८ खेल सकिएपछि मात्रै एन्फा महिला लिग छनोट प्रतियोगिताको संयोजक तोकेको छ।
मंगलबार एन्फाका महासचिव किरण राईले रमेश व्यञ्जनकारलाई प्रतियोगिताको संयोजक नियुक्त गरेका हुन्।
सामान्यतया प्रतियोगिता सुरु हुनुअघि नै संयोजक तोक्ने प्रचलन रहँदै आएको छ। तर, यसपटक भने लिगको आधा चरण सकिएपछि मात्र संयोजक तोकिएको हो।
व्यञ्जनकारले अब बाँकी खेल, तालिका, र व्यवस्थापनसम्बन्धी जिम्मेवारी सम्हाल्नेछन्। उनी एन्फाको कार्यसमितिमा सक्रिय सदस्य समेत हुन्।
एन्फा महिला लिग छनोट प्रतियोगिता अहिले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा जारी छ।