काठमाडौं। इशा चौधरीको निर्णायक गोलसँगै आरबी रिसोर्ट एन्ड बिच फुटबलले एन्फा महिला लिग छनोटमा कठिन जित निकालेको छ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शुक्रबार सम्पन्न खेलमा आरबी रिसोर्टले राप्ती एफसीमाथि १–० को जित हात पारेको हो।
जितसँगै आरबी रिसोर्टले ३ अंक बटुलेको छ। ६१औं मिनेटमा इशाले गरेको गोल नै खेलमा निर्णायक साबित भयो।