धुलिखेल नगरपालिकाले हक्कीको रंगशाला बनाउन जग्गा दिने
बिहिबार, २९ श्रावण २०८२खेलपाटी संवाददाता

काठमाडौं। नेपाल हक्की संघलाई धुलिखेल नगरपालिकाले हक्कीको पूर्वाधार बनाउन जग्गा दिने भएको छ।त्यसका लागि हक्की संघ र धुलिखेल नगरपालिकाबीच बिहीबार सम्झौता भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिकी सदस्य समेत रहेकी हक्की संघकी महासचिव सुवर्ण श्रेष्ठ र धुलिखेल नगरपालिका मेयर अशोक ब्यन्जुले सम्झौता पत्रमा हस्ताक्षर गरे ।
नगरपालिकाले वडा १२ मा करिब २ सय रोपनी जग्गा ४० वर्षका लागि दिने सम्झौता भएको महासचिव श्रेष्ठले जनाएकी छन्।
प्राप्त जग्गामा हक्कीको रंगशाला, होस्टेलसहितको एकेडेमी र प्रशिक्षण स्थल निर्माण गर्ने महासचिव श्रेष्ठले बताइन्। हक्की रंगशालामा १ हजार क्षमताको प्यारापिट बनाइने जनाइएको छ ।






%20(2)-1765947464452.png&w=3840&q=75)





-1766026088688.webp&w=3840&q=75)
-1766027225866.webp&w=3840&q=75)
-1766026878436.webp&w=3840&q=75)
-1766025700542.webp&w=3840&q=75)